२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपायकोे ढुवानी सेवाहरु अब इसेवामार्फत बुक गर्न सकिने



अ+ अ-

काठमाडौ ।नेपालको डिजीटल बिकासमा उल्लेखनिय भूमिका निभाइरहेका दुई संस्था उपाय र इसेवाले हालै ब्यापारीक सहकार्य गर्ने सम्झौता गरेका छन् ।

जस अनुसार अब उपायको घर सार्ने र ढुवानी सेवा, इसेवाको एप मार्फत पनि उपभोक्ताहरुलाई उप्लब्ध हुने छ । प्रारम्भिक चरणमा, इसेवाले आफ्नो एपमा “घर सराई सेवा” समावेश गर्नेछ । एप प्रयोगताहरुले एउटा साधारण फारम भरेर सो सेवाको लागि अनुरोध पठाउन सकिनेछ । उपभोक्ताले आफ्नो रोजाईको सेवा र गाडी पनि छान्न सकिनेछ ।

अशोज महिना देखि यो एप मार्फत उपायले मोटरसाइकल, कार्गो भ्यान, मिनी ट्रक र पिक अप ट्रकको माध्यमबाट ढुवानी सेवा पनि उप्लब्ध गराउने छ । उपायका प्रवन्ध निर्देशक श्री सुमन रायमाझीले भन्नुभयो ‘यो साझेदारीले घर सार्ने र बल्क डेलिभरीको आम उपभोक्ताको आधारभुत आवश्यकता पुरा गर्न मद्दत पुग्ने छ भन्ने कुरामा हामी विश्वस्त छौँ ’।

इसेवाका बिजनेस डेभलपमेन्ट हेड आशिष पछाईले भन्नुभयो ‘इसेवाले जहिलेपनि आम जनतालाई सहज हुने किसिमका सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनमा पनि ग्राहकलाई सहज हुने यस किसिमका सेवाहरु थप गर्दै जानेछौँ ’।