• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल प्रभावकारी रहेनः ईश्वर पोखरेल



file

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल प्रभावकारी नरहेको टिप्पणी गर्नु भएको छ ।

सभामुख अग्नीप्रसाद सापकोटा कतिपय अवस्थामा सत्तारुढ गठबन्धनको बफादार कार्यकर्ताको भूमिकामा रहँदा प्रतिनिधिसभाको आफ्नो कार्यकाल प्रभावकारी हुन नसकेको उहाँको आरोप थियो ।

शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सभालाई नेतृत्व गर्ने सभामुख सापकोटा र सरकारको भूमिका राम्रो नभएकै कारण प्रतिनिधिसभाले आफूले दिनुपर्ने डेलिभरी दिन नसकेको पटकपटक दोहो¥याउनु भयो । उहाँले सभामुख सापकोटाको भूमिका प्रतिनिधिसभाको नेतृत्वको रुपमा दुःखद् रहेको प्रतिक्रिया समेत दिनु भयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नु भयो, ‘यो संसदलाई प्रभावकारी बनाउने कुरामा विभिन्न किसिमका समस्याहरु देखा परेको छन् यसबीचमा । वास्तवमा जननिर्वाचित प्रतिनिधिमूलक संस्थाले प्रभावकारी ढंगले भूमिका खेल्नुपर्ने त्यो खालको भूमिका रहेन । र, यस पछाडिको कारण के हो ? भन्दा यो प्रतिनिधिसभालाई नेतृत्व गर्ने पात्रहरुको भूमिका धेरै महत्वपूर्ण हुन्छ । सरकारले संसदलाई विजनेश दिने हो ।

सरकार कस्तो रह्यो ? त्यसले के बिजनेश दियो ? र, प्राप्त भएको ती बिजनेशहरुलाई सभालाई नेतृत्व गर्ने व्यक्तिले कसरी अगाडि बढाउनु हुन्छ ? त्यसमा निर्भर हुन्छ । अहिलेको सभामुखज्यूले वास्तवमा एउटा प्रतिनिधिसभाको नेतृत्वको गर्ने व्यक्तिको भन्दा पनि गठबन्धनको एउटा बफादार कार्यकर्ताको रुपमा भूमिका खेल्नुभयो कतिपय अवसरमा । त्यो बडो दुःखद् छ ।

त्यसकारणले यो प्रतिनिधिसभाले जे डेलिभरी दिनु पथ्र्यो, त्यो प्रभावकारी ढंगले दिन सकेन । त्यसकारणले केही राम्रा कामहरु गर्नुपर्ने आवश्यक्ता थियो । चाहे विधेयकहरु पास गर्ने शिलशिलामा होस वा राष्ट्रका ज्वलन्त मुद्धाहरुमा होस् । त्यो कुरा भएन । र, सरकारका कामहरुको विषयमा खुलाखुलस्त प्रतिनिधिसभामा छलफल हुने, संसदमा छलपल हुने त्यो छलफल पश्चात् र जनताले सही कुरा जानकारी पाउने परिस्थिति बन्न सकेन् ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले सभामुख सापकोटाकै कारण सरकारले गरेको काम, कारबाहीबारे जनतालाई सही सूचना दिने काम समेत प्रतिनिधिसभाबाट हुन नसकेको गुनासो गर्नु भयो । उहाँले आफ्नो पार्टीले भने सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा पनि संसदको भूमिकालाई सशक्त बनाउन सक्दो प्रयास गरेको दावी समेत गर्नु भयो ।