११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

सत्तारुढ गठबन्धनलाई निर्वाचनमा जनताले भोट हाल्नै हुँदैनः देवेन्द्र दाहाल(भिडियोसहित)

सत्तारुढ गठबन्धनलाई निर्वाचनमा जनताले भोट हाल्नै हुँदैनः देवेन्द्र दाहाल(भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा जनताले भोट हाल्नै नहुने जिकीर गर्नु भएको छ ।

निर्वाचनमा बहुमत ल्याउने र मुलुकलाई समृद्धि दिन्छु भन्न नसक्ने सत्तारुढ गठबन्धनलाई जनताले भोट हाल्न नहुने उहाँको भनाई थियो । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले नेकपा (एमाले)ले भने आगामी निर्वाचनमा बहुमत ल्याएर मुलुकलाई समृद्ध बनाउने संकल्प लिएको दावी समेत गर्नु भयो । सांसद दाहालले सत्तारुढ गठबन्धनसँग मुलुक बनाउने नभई नेताहरु व्यवस्थापन गर्ने उद्देश्य मात्रै भएको आरोप समेत लगाउनु भयो ।

उहाँले भन्नु भयो, ‘निर्वाचनमा सबै राजनीतिक दलहरु केन्द्रित भएर लागि रहेको अवस्था छ । यतिबेला गठबन्धन बनाएर सबै राजनीतिक शक्ति एमालेविरुद्धमा केन्द्रित छन । यो गठबन्धन के को गठबन्धन हो ? मान्छेहरुले बुझ्न सकेका छैनन् । र, आ–आफ्नै खालका तर्कहरु छन । गठबन्धनवालाहरुको के तर्क छ भने यो प्रतिगमन विरुद्धको गठबन्धन हो । प्रजातन्त्रका लागिको गठबन्धन हो । मैले यसो हेरेँ । के प्रतिगमन भएकै हो ? यसमा कति मान्छे पक्राउ परे, कतिलाई यातना दिइयो ? कति मान्छेहरुले दुःख पाए ? आफ्ना आवाजहरु उठाउन पाएनन ? भन्दा केही पनि छैन ।

प्रजातन्त्रमाथि खतरा कहाँ छ ? भन्दा त्यो पनि छैन । अर्कोतर्फ आम जनताको के तर्क छ भने यो गठबन्धन बाँडिचुँडी खानका लागि हो । बजेट बनाउँदा वा करका दहरु निर्धारण गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर दलाल पूँजीपति वर्गहरुको रक्षामा करका सहुलियत वा छुट दिने, सिसीटिभी फुटेज नष्ट गर्ने वा लुकाउने र गठबन्धनको बहुमत हुने गरी संसदीय छानविन समिति बनाउने र बहुमतको आधारमा रिर्पोट बनाएर दुनिँयालाई मुर्ख बनाउने गठबन्धन हो । अर्कातिर जनताले यो भनिरहेका छन ।

यो गठबन्धन सत्ताको लुछाचुडीका लागि हो । यो गठबन्धन विकास, निर्माणको काम अवरुद्ध गर्ने गठबन्धन हो । राष्ट्रियताको पक्षमा उभिएकाहरुको र चुच्चे नक्सा जारी भएपछि त्यसको विरुद्धको अव यो लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै हो भन्ने आवाज दवाउने र त्यो जमिन प्राप्त गर्न लाग्ने अभियानलाई रोक्ने गठबन्धन हो । यो कुरा पनि जनताले उठाईरहेका छन । सत्य के हो ? साँचो के हो ? जनताले भोलि मूल्यांकन गर्नेछन । मैले यो पृष्ठभूमिको रुपमा मात्रै उठाएको हो । यो गठबन्धनले दलहरुबीच चुनावमा प्रतिस्पर्धा गर्न दिएको छ त ? यो गठबन्धनले त्यसो गर्न दिएको छैन ।

यहाँ त जीवनभर क्रान्तिको कुरा गरेको छ । नयाँ जनवाद, प्रजातान्त्रिक समाजवाद भनेको छ । अनि बल्ल ५ वर्षमा आउने निर्वाचनमा जनतालाई काँग्रेसले हसिँया हतौडामा भोट हाल्न लगाउने माओवादीले रुखमा भोट हाल्न लगाउँछ । के त्यसै गर्दा समाजवाद आउँछ ? प्रजातान्त्रिक समाजवाद आउँछ ? के त्यसै गर्दा नयाँ जनवाद आउँछ ? यो जनताप्रति धोका होइनन् र ? मेरो प्रश्न यहाँनिर छ ।

एउटा मलाई प्रश्न गर्न मन लागेको छ–के एमाले बाहेक सबै राजनीतिक दलहरुसँग एक्लै चुनाव लड्ने सामथ्र्य गुमिसकेको हो ? सुनिदैछ यो गठबन्धन अझै कसिलो बनाउने रे । तर बालुवाटारमा बालुवा पेलिदैछ । तर, केही निस्केको छैन । त्यहाँ सिट बाँडफाँड गरिदैछ । तर, त्यो सिट बाँडफाँड गर्न सकिएको छैन ।

सम्माननीय अध्यक्ष महोदय, मलाई यस सन्दर्भमा लामो समयदेखि प्रजातन्त्रका लागि लडेको नेपाली काँग्रेस यहाँ छ । मैले काँग्रेसपटी लाञ्छना गर्न खोजेको छैन । पूर्व राष्ट्रपति रामवरण यादवले भनेको कुरा मैले सम्झिरहेकोे छु–भर्खर मात्रै उहाँले एउटा स्टेटमेन्ट दिनु भएको छ । वक्तव्य दिनु भएको छ । के भन्नु भएको छ भने नेपाली काँग्रेस जनतासँग जान पनि अरु दलसँग अंशबण्डा गरिरहेकोमा चिन्ता व्यक्त गर्नु भएको छ । अनि, उहाँले भन्नु भएको छ–मेरो कुरा होइन । अहिले टिकट किनबेच भईरहेको छ । काँग्रेसमा समानुपातिकको टिकट बिक्री भईरहेको छ ।

पूर्वराष्ट्रपति, जो नेपाली काँग्रेसमा लामो समय बिताउनु भएको छ । उहाँले भन्नु भएको हो । र अव दलहरुले आफ्ना चुनाव चिन्ह बिर्सन थालेका छन । यो गठबन्धन विचारमा पनि आधारित भएन । गठबन्धनको लक्ष्य पनि अन्यौंलग्रस्त छ । म एउटा चुनौति दिन चाहन्छु– काँग्रेस वा माओवादी कसैले पनि हामी एक्लै बहुमतो सरकार बनाउन सक्छौं भन्ने स्थिति छैन । सक्नुपर्ने हो । निर्वाचनमा जाँदाखेरीत म एक्लै बहुमतको सरकार बनाएर जनतालाई, जनताको नेतृत्व गर्छु, विकास गर्छु । समृद्धि ल्याउँछु भनेर भन्न सक्नु पर्ने हो । तर, भन्न सक्ने स्थिति छैन । र, जनताले सुन्ने गरी म भन्न चाहन्छु–बहुमतको सरकार बनाउँछौ भनेर हामी भन्छौं ।

मुलुकको स्थिरताको लागि भनेर नेकपा –एमाले)ले त्यो भन्छ । र, जसले बहुमतको सरकार बनाउन सक्छु भनेर भन्न सक्दैन । त्यसलाई जनताले भोट हाल्दैनन् भन्ने लाग्छ मलाई । हाल्नु हुँदैन । मतदान गर्नु हुनेछैन जनताले । र, त्यस्तोलाई भोट दिनु हुँदैन भन्छु म । किनभने के उद्देश्य हो ? के लक्ष्य हो ? के दिने हो ? भन्ने कुरा पार्टीले पार्टी खोलेर बसिसकेपछि भन्न सक्नु पर्छ । र, कसैले भन्न सक्नु हुन्छ जस्तो लाग्दैन । कसले भन्छ त ? बहुमतको सरकार बनाएर यो देशको समृद्धि गर्छु, यो देशको मुहार फेर्छु भनेर कसले भन्न सक्छ ? उनी अस्थिरता, अनियमिता, भागबण्डा देशले काँचुली कहिले फेर्ने ? यहाँ देश बनाउन होईन, नेताहरुको व्यवस्थापनको कुरा भईरहेको छ ।’

सांसद दाहालले सत्तारुढ गठबन्धनले मुलुकलाई फेरी अस्थिरतातर्फ लैजाने षडयन्त्र गरिरहेको उल्लेख गर्दै नेपाली जनताले उनीहरुलाई निर्वाचनमा मतदान नगर्ने बताउनु भयो ।