• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय

सत्तारुढ गठबन्धनलाई निर्वाचनमा जनताले भोट हाल्नै हुँदैनः देवेन्द्र दाहाल(भिडियोसहित)



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा जनताले भोट हाल्नै नहुने जिकीर गर्नु भएको छ ।

निर्वाचनमा बहुमत ल्याउने र मुलुकलाई समृद्धि दिन्छु भन्न नसक्ने सत्तारुढ गठबन्धनलाई जनताले भोट हाल्न नहुने उहाँको भनाई थियो । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले नेकपा (एमाले)ले भने आगामी निर्वाचनमा बहुमत ल्याएर मुलुकलाई समृद्ध बनाउने संकल्प लिएको दावी समेत गर्नु भयो । सांसद दाहालले सत्तारुढ गठबन्धनसँग मुलुक बनाउने नभई नेताहरु व्यवस्थापन गर्ने उद्देश्य मात्रै भएको आरोप समेत लगाउनु भयो ।

उहाँले भन्नु भयो, ‘निर्वाचनमा सबै राजनीतिक दलहरु केन्द्रित भएर लागि रहेको अवस्था छ । यतिबेला गठबन्धन बनाएर सबै राजनीतिक शक्ति एमालेविरुद्धमा केन्द्रित छन । यो गठबन्धन के को गठबन्धन हो ? मान्छेहरुले बुझ्न सकेका छैनन् । र, आ–आफ्नै खालका तर्कहरु छन । गठबन्धनवालाहरुको के तर्क छ भने यो प्रतिगमन विरुद्धको गठबन्धन हो । प्रजातन्त्रका लागिको गठबन्धन हो । मैले यसो हेरेँ । के प्रतिगमन भएकै हो ? यसमा कति मान्छे पक्राउ परे, कतिलाई यातना दिइयो ? कति मान्छेहरुले दुःख पाए ? आफ्ना आवाजहरु उठाउन पाएनन ? भन्दा केही पनि छैन ।

प्रजातन्त्रमाथि खतरा कहाँ छ ? भन्दा त्यो पनि छैन । अर्कोतर्फ आम जनताको के तर्क छ भने यो गठबन्धन बाँडिचुँडी खानका लागि हो । बजेट बनाउँदा वा करका दहरु निर्धारण गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर दलाल पूँजीपति वर्गहरुको रक्षामा करका सहुलियत वा छुट दिने, सिसीटिभी फुटेज नष्ट गर्ने वा लुकाउने र गठबन्धनको बहुमत हुने गरी संसदीय छानविन समिति बनाउने र बहुमतको आधारमा रिर्पोट बनाएर दुनिँयालाई मुर्ख बनाउने गठबन्धन हो । अर्कातिर जनताले यो भनिरहेका छन ।

यो गठबन्धन सत्ताको लुछाचुडीका लागि हो । यो गठबन्धन विकास, निर्माणको काम अवरुद्ध गर्ने गठबन्धन हो । राष्ट्रियताको पक्षमा उभिएकाहरुको र चुच्चे नक्सा जारी भएपछि त्यसको विरुद्धको अव यो लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै हो भन्ने आवाज दवाउने र त्यो जमिन प्राप्त गर्न लाग्ने अभियानलाई रोक्ने गठबन्धन हो । यो कुरा पनि जनताले उठाईरहेका छन । सत्य के हो ? साँचो के हो ? जनताले भोलि मूल्यांकन गर्नेछन । मैले यो पृष्ठभूमिको रुपमा मात्रै उठाएको हो । यो गठबन्धनले दलहरुबीच चुनावमा प्रतिस्पर्धा गर्न दिएको छ त ? यो गठबन्धनले त्यसो गर्न दिएको छैन ।

यहाँ त जीवनभर क्रान्तिको कुरा गरेको छ । नयाँ जनवाद, प्रजातान्त्रिक समाजवाद भनेको छ । अनि बल्ल ५ वर्षमा आउने निर्वाचनमा जनतालाई काँग्रेसले हसिँया हतौडामा भोट हाल्न लगाउने माओवादीले रुखमा भोट हाल्न लगाउँछ । के त्यसै गर्दा समाजवाद आउँछ ? प्रजातान्त्रिक समाजवाद आउँछ ? के त्यसै गर्दा नयाँ जनवाद आउँछ ? यो जनताप्रति धोका होइनन् र ? मेरो प्रश्न यहाँनिर छ ।

एउटा मलाई प्रश्न गर्न मन लागेको छ–के एमाले बाहेक सबै राजनीतिक दलहरुसँग एक्लै चुनाव लड्ने सामथ्र्य गुमिसकेको हो ? सुनिदैछ यो गठबन्धन अझै कसिलो बनाउने रे । तर बालुवाटारमा बालुवा पेलिदैछ । तर, केही निस्केको छैन । त्यहाँ सिट बाँडफाँड गरिदैछ । तर, त्यो सिट बाँडफाँड गर्न सकिएको छैन ।

सम्माननीय अध्यक्ष महोदय, मलाई यस सन्दर्भमा लामो समयदेखि प्रजातन्त्रका लागि लडेको नेपाली काँग्रेस यहाँ छ । मैले काँग्रेसपटी लाञ्छना गर्न खोजेको छैन । पूर्व राष्ट्रपति रामवरण यादवले भनेको कुरा मैले सम्झिरहेकोे छु–भर्खर मात्रै उहाँले एउटा स्टेटमेन्ट दिनु भएको छ । वक्तव्य दिनु भएको छ । के भन्नु भएको छ भने नेपाली काँग्रेस जनतासँग जान पनि अरु दलसँग अंशबण्डा गरिरहेकोमा चिन्ता व्यक्त गर्नु भएको छ । अनि, उहाँले भन्नु भएको छ–मेरो कुरा होइन । अहिले टिकट किनबेच भईरहेको छ । काँग्रेसमा समानुपातिकको टिकट बिक्री भईरहेको छ ।

पूर्वराष्ट्रपति, जो नेपाली काँग्रेसमा लामो समय बिताउनु भएको छ । उहाँले भन्नु भएको हो । र अव दलहरुले आफ्ना चुनाव चिन्ह बिर्सन थालेका छन । यो गठबन्धन विचारमा पनि आधारित भएन । गठबन्धनको लक्ष्य पनि अन्यौंलग्रस्त छ । म एउटा चुनौति दिन चाहन्छु– काँग्रेस वा माओवादी कसैले पनि हामी एक्लै बहुमतो सरकार बनाउन सक्छौं भन्ने स्थिति छैन । सक्नुपर्ने हो । निर्वाचनमा जाँदाखेरीत म एक्लै बहुमतको सरकार बनाएर जनतालाई, जनताको नेतृत्व गर्छु, विकास गर्छु । समृद्धि ल्याउँछु भनेर भन्न सक्नु पर्ने हो । तर, भन्न सक्ने स्थिति छैन । र, जनताले सुन्ने गरी म भन्न चाहन्छु–बहुमतको सरकार बनाउँछौ भनेर हामी भन्छौं ।

मुलुकको स्थिरताको लागि भनेर नेकपा –एमाले)ले त्यो भन्छ । र, जसले बहुमतको सरकार बनाउन सक्छु भनेर भन्न सक्दैन । त्यसलाई जनताले भोट हाल्दैनन् भन्ने लाग्छ मलाई । हाल्नु हुँदैन । मतदान गर्नु हुनेछैन जनताले । र, त्यस्तोलाई भोट दिनु हुँदैन भन्छु म । किनभने के उद्देश्य हो ? के लक्ष्य हो ? के दिने हो ? भन्ने कुरा पार्टीले पार्टी खोलेर बसिसकेपछि भन्न सक्नु पर्छ । र, कसैले भन्न सक्नु हुन्छ जस्तो लाग्दैन । कसले भन्छ त ? बहुमतको सरकार बनाएर यो देशको समृद्धि गर्छु, यो देशको मुहार फेर्छु भनेर कसले भन्न सक्छ ? उनी अस्थिरता, अनियमिता, भागबण्डा देशले काँचुली कहिले फेर्ने ? यहाँ देश बनाउन होईन, नेताहरुको व्यवस्थापनको कुरा भईरहेको छ ।’

सांसद दाहालले सत्तारुढ गठबन्धनले मुलुकलाई फेरी अस्थिरतातर्फ लैजाने षडयन्त्र गरिरहेको उल्लेख गर्दै नेपाली जनताले उनीहरुलाई निर्वाचनमा मतदान नगर्ने बताउनु भयो ।