• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

महिला साफः फाइनल प्रवेशका लागि नेपाल र भारत भिड्दै



काठमाडौं । नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल अन्तर्गत दोस्रो सेमिफाइनलमा आज शुक्रबार भारतविरुद्ध खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपाल र साविक विजेता भारतबीचको खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

नेपाल आज बलियो टिम भारतलाई हराउँदै फाइनलमा पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछ । तर, भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन । हरेक संस्करणमा भारत नेपालका लागि ‘तघारो’ बन्दै आइरहेको छ ।

नेपाल समूह चरणमा अपराजित रहँदै विजेता बनेर सेमिफाइनल पुगेको हो । उता, भारत समूह ‘ए’ को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो । समूह चरणको अन्तिम खेलमा भारत बंगलादेशसँग ३–० गोलले पराजित भएको थियो ।

यस खेलको विजेताले फाइनलमा बंगलादेश र भुटानबीचको खेलको विजेतासँग खेल्नेछ । बंगलादेश र भुटानबीचको पहिलो सेमिफाइनल दिउँसो १ बजे हुनेछ ।