५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायत पठाइदिन्छु भन्दै रु १३ लाख ठगी गर्ने कार्की पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले बेलायत पठाइदिन्छु भनी रु १३ लाख ४६ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बेलायत पठाइदिन्छु भनी उक्त रकम ठगी गर्ने सोलुखुम्बु दूधकोसी गाउँपालिका–२ घर भई काठमाडौँ कागेश्वर मनोहरा नगरपालिका काँडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्कीलाई बिहीबार पक्राउ गरेको हो ।

पक्राउ कार्कीले केही व्यक्तिलाई ‘वर्किङ भिसा’मा बेलायतलगायतका देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै पीडितबाट नगद रु १३ लाख ४६ हजार लिएर सम्पर्कविहीन भएपछि प्रहरीले खोजी गर्ने क्रममा बिहीबार काठमाडौँ महानगरपालिका–४ धुम्बाराहीबाट पक्राउ गरेको हो ।

पक्राउ उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको सो कार्यालयले जनाएको छ ।