२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध संरचना हटाउन नागरिककै सहयोग



अ+ अ-

काठमाडौँ । पछिल्लो समय काठमाडौँ महानगरपालिकाको गतिविधि र जारी सार्वजनिक सूचनाका आधारमा नागरिक आफैँले अवैध संरचना हटाउन थालेका छन् ।

कामपाको भित्री वडाका नागरिकले यसअघि आफूले भोग चलन गर्दै आएका तर कानूनी आधार नभएका संरचना हटाउन थालेका हुन् । विशेषगरी असन, इन्द्रचोक, बाङ्गेमुढा, भेडासिंहलगायत स्थानका नागरिकले कानूनी आधार नभएका संरचना हटाएर कामपालाई सहयोग गर्न थालेका हुन् ।

“पहिले जस्तो अटेर गर्ने बानीमा केही परिवर्तन आएको छ, अहिले केही स्थानमा नागरिकले नै कानूनविपरीतका संरचना हटाउन थालेका छन्, हाम्रो चाहना पनि त्यही नै हो”, कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने । करिब एक महिनादेखि कामपाले अवैधरूपमा निर्माण गरिएका सबै संरचना हटाउने काम गरिरहेको छ । सो संरचना हटाउनुपूर्व कामपाले ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो ।

उक्त सूचनाको बेवास्ता गरेपछि कामपाले नक्साअनुसार निर्माण नभएका, नक्साअनुसार निर्माण भए पनि सोहीअनुरुप प्रयोग नभएका र सार्वजनिक जग्गा मिचेर निर्माण भएका सबै संरचनामाथि डोजर चलाउने काम गरिरहेको छ । कामपाले यही भदौ ६ गतेदेखि त्यस्ता संरचनालाई डोजर लगाएर भत्काउन सुरु गरेको हो । यस अवधिमा काठमाडौँ महानगरपालिकाले ३९ स्थानका अवैध संरचना हटाएको छ ।

यही भदौ ६ गतेदेखि सुरु गरेको अभियानअन्तर्गत कामपाले १९ ठाउँका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ भने २० ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ ।




भर्खरै