२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन अन्त्यपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्यमा सुधार



अ+ अ-

एजेन्सी । कोभिड–१९ का कारण लागू गरिएको लकडाउन अन्त्य भएपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्य र साधारण स्वास्थ्यमा सुधार आएको एक राष्ट्रिय सर्वेक्षणले देखाएको छ ।

अस्ट्रेलियाली विश्वविदालयका अनुसन्धाताहरूले बिहीबार तीन हजार ५०० भन्दा बढी अष्ट्रेलियालीमा गरिएको कोभिड–१९ प्रभाव अनुगमन सर्भेक्षणमा सन् २०२१ को तुलनामा मनोवैज्ञानिक त्रासको स्तर कम देखिएको बताएका छन् ।

अध्ययनमा सहभागिता गराइएका १८ देखि २४ वर्ष उमेर समूहका दुई तिहाइभन्दा बढी उत्तरदाताले महामारीका कारण सबैभन्दा बढी सन्तुष्टि गुमाएका उनीहरूले १२ महिनाअघिको तुलनामा आफ्नो जीवन राम्रो भएको बताएका थिए ।

अध्ययनका सहलेखक निकोलस बिडलले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “यसको अर्थ यो होइन कि अस्ट्रेलिया महामारीपूर्वको स्वास्थ्य र मानसिक स्वास्थ्यमा फर्किएको छ ।

अक्टोबर २०१९ को तुलनामा सन् २०२२ को अगष्टमा जीवन सन्तुष्टि कम थियो । दुई करोड ५० लाख रहेको अस्ट्रेलियामा महामारी सुरु भएयता अहिलेसम्म पुष्टि भएका कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक करोड नाघेको छ ।