२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सुत्केरीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर

सुत्केरीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर
अ अ+ अ-

दाङ । रोल्पा नगरपालिका–५ की २३ वर्षीया सीता नेपाली प्रसूति सेवा लिनका लागि चार दिनअघि स्थानीय अस्पतालमा भर्ना हुनुभयो । चिकित्सकले उहाँको अवस्था केही जटिल रहेको र शल्यक्रिया गर्नुेपर्ने अवस्था आउनसक्ने भन्दै घोराहीस्थितल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जान सल्लाह दिए ।

मङ्गलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति वार्डमा भेटिनुभएकी नेपालीले भन्नुभयो, “सुरुमा घर नजिकैको अस्पतालले दाङको घोराही आउन किन भनेको होला भन्ने चिन्ता लाग्यो । पछि थाहा भयो प्रतिष्ठानले अस्पतालमा प्रसूति सेवा लिन आउनेका लागि सबै सेवा निःशुल्क गरेको रहेछ ।”

आमा र नवजात शिशुको स्वास्थ्यमा केही समस्या आए अति सघन उपचार कक्ष र सघन उपचार कक्षमा राखेर उपचार गर्ने व्यवस्था गरेकाले धेरै सजिलो भएको नेपालीले सुनाउनुभयो । उहाँको शल्यक्रिया गरी सुत्केरी गराएको अस्पताल प्रशासनले जनाएको छ । छोरी जन्माएर प्रसूति वार्डमा रहनुभएकी नेपालीले खुसी हुँदै भन्नुभयो, “आर्थिक अवस्था कमजोर रहेकालाई अस्पतालबाट ठूलो सहयोग प्राप्त भएको छ ।”

यही सेवा लिन बुटवल र काठमाडौँका अस्पताल जानुपरेमा ठूलो रकम खर्च हुने थियो । “श्रीमान्ले मजदुरी गरेर कमाएको पैसाले पुग्ने नै थिएन”, नेपालीले भन्नुभयो ।

तुलसीपुर उपमहानगरपालिका–१८ दूधरासकी २८ वर्षीया सुगिनी चौधरी पनि गत मङ्गबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूति सेवा लिनका लागि भर्ना हुनुभयो । दोस्रो पटक गर्भवती हुनुभएकी उहाँले पहिलो बच्चा बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा जन्माएको बताउनुभयो । रोल्पा नगरपालिका–७ का २७ वर्षीया करिस्मा झाँक्री पनि प्रसूति सेवा लिनका लागि सोही अस्पतालमा आउनुयो । रोल्पा अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पुग्नुभएकी झाँक्रीलाई चिकित्सकले जटिल अवस्था रहेकाले प्रतिष्ठानमा जान सल्लाह दिएका थिए ।

सीता र सगुनी मात्र होइन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रसूति सेवा लिन आउनेको सङ्ख्या दिनहुँ बढिरहेको छ । प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार गत वैशाखदेखि भदौ ३० गतेसम्म एक हजार तीन सय बढीले प्रसूति सेवा लिएका छन् । सो अवधिमा आठ सय ८० जनाले सामान्य, तीन सय ७९ जनाले शल्यक्रिया र एक सय २० जनाले जटिल प्रकृतिको प्रसूति सेवा लिएको उहाँले बताउनुभयो ।

शिक्षाध्यक्ष तथा प्रसूति रोग विशेषज्ञ डा वसन्त लामिछानेले अहिले प्रतिष्ठानमा प्रसूति सेवा लिनेको सङ्ख्या बढिरहेको जानकारी दिनुभयो । दैनिक १५ देखि १८ जनासम्म प्रसूति सेवा लिनका लागि आउने गरेमा चारदेखि पाँच जनाको शल्यक्रिया गरिन्छ । प्रसूति रोग विशेषज्ञ डा लामिछानेले सो सेवा लिन आउने बढेपछि ठाउँ र जनशक्तिको व्यवस्थापन गरी सेवा प्रवाह गरिरहेको बताउनुभयो । प्रसूति सेवा लिन आउनेमध्ये केही १६ देखि १७ वर्ष उमेर समूहका पनि छन् ।

सानै उमेर आमा बन्नेलाई बच्चा जन्माउँदा समस्या हुने र शल्यक्रिया गर्नुपर्ने तथा पछि गएर पाठेघर खस्ने समस्या बढ्ने डा लामिछाने बताउनुहुन्छ । प्रसूति सेवा लिनका लागि लुम्बिनी प्रदेशका दाङ, रुकुम, रोल्पा, प्यूठान, अर्घाखाँची तथा कर्णाली प्रदेशबाट समेत यहाँ आउने गरेका छन् । प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले अस्पतालबाट प्रदान गरिने सेवालाई प्रभावकारी, चुस्तदुरुस्त बनाउन आफू लागिपरेको बताउनुभयो । उहाँले गत वैशाख १ गतेदेखि आमासुरक्षा कार्यक्रमअन्तर्गत प्रदान गरिँदै आएको प्रसूति सेवा निःशुल्करुपमा सञ्चालन गरिएको बताउनुभयो ।

तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताललाई स्तरवृद्धि गरी सरकारले पाँच वर्षअघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएको हो । प्रतिष्ठानमा ३७ विभिन्न रोग विशेषज्ञ चिकित्सक र २३ मेडिकल अधिकृतले बिरामीलाई सेवा दिँदैआएका छन् । रासस