५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा: डेङ्गु रोगको नियन्त्रण कीटनाशक औषधि छर्न माग



file
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले डेङ्गु रोगको नियन्त्रण र उपचारका लागि कीटनाशक औषधि छर्कन आग्रह गर्नुभएको छ ।

सांसदहरुले मिटरब्याजीको समस्या समाधानका लागि भएका पहलबारे जानकारी माग गर्नुभएको थियो । साथै उहाँहरूले मन्त्रीले कार्यकक्षमा जाँदा सांसदहरुलाई उचित समय नदिएको भन्दै सवारी दुर्घटना रोकथाम गर्न र दार्चुलाका बाढी प्रभावितलाई राहत र क्षतिपूर्ति दिनसमेत माग गर्नुभएको थियो ।

शून्य समयमा सांसदहरू उदयबहादुर बोहरा, गोमादेवी तिमिल्सिना, जयन्तीदेवी राई, भुवनबहादुर सुनार, मदनकुमारी साह (गरिमा), राजेन्द्रलक्ष्मी गैह्रे र सुरेशकुमार आलेमगरले बोल्नुभएको थियो ।