७ पुष २०८२, सोमबार
,
Latest
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमा एमालेले हार्न हुँदैन: अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले हार्न नहुने बताउनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले देशको विकास र समृद्धिका लागि निर्वाचनमा एमालेले हार्नै नहुने बताउनुभएको हो ।

“यो निर्वाचन पहिलेको जस्तोे सामान्य निर्वाचन होइन, यसको विशेष अर्थ र महत्व छ । लोकतन्त्र, राजनीतिक स्थिरता र विकासका लागि पनि यसपटक एमाले हार्न मिल्दैन”, अध्यक्ष ओलीले भन्नुभयो । देशको विकास गर्नका लागि एमालेबाहेक अर्को कुनै राजनीतिक शक्ति नभएको उहाँको जिकिर थियो ।

आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेता तथा कार्यकर्तालाई मत वृद्धि र मत रक्षा गर्नसमेत आग्रह गर्दै अध्यक्ष ओलीले एमालेमा प्रवेशको लहर चलेकाले स्थानीय तहमा ३८ लाख मत प्राप्त गरिएकामा अबको निर्वाचनमा ५० लाख मत पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा ९माओवादी केन्द्र०का प्रदेश सचिवालय सदस्य तथा भरतपुर महानगरका सहइन्चार्ज अञ्जन तिमिल्सेना, कालिका नगरपालिकाका उपाध्यक्ष तुलबहादुर विक, बागमती प्रदेश कमिटी सदस्य गिरिधारी सुवेदीलगायत एमालेमा प्रवेश गर्नुभएको थियो । नवप्रवेशीलाई पार्टी अध्यक्ष ओलीले स्वागत गर्नुभएको थियो ।