• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित

जय नेपाल हलको कम्पाउन्ड खोतल्दा भेटियो टुकुचा खोला



काठमाडौं । काठमाडौ महानगरपालिकाको टोलीले जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोला खोज्न उत्खनन गरेको छ । महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको छ ।

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला जयनेपाल हलक्षेत्रबाट भने गायब थियो । महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो ।

३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले गायब भएको र अतिक्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको छ ।