• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

पाकिस्तानी पूर्वअम्पायर असद राउफको निधन



काठमाडौं । पाकिस्तानी पूर्व अम्पायर असद राउफको निधन भएको छ । आईसीसी इलाइट प्यानलका राउफको हृदयघातका कारण ६६ वर्षको उमेरमा निधन भएको हो ।

राउफ पाकिस्तानका सर्वाधिक प्रख्यात अम्पायरमध्ये एक हुन् । उनले ६४ वटा टेस्ट, १३९ ओडीआइ तथा २८ टि–२० मा अम्पायरिङ गरेका थिए ।

उनलाई सन् २००६ मा आइसीसीको इलाइट प्यानलमा समावेश गरिएको थियो ।

तर, सन् २०१३ मा मुम्बई प्रहरीले आइपीएलको स्पट फिक्सिङ स्क्यान्डलमा आरोपित गरेपछि उनको करिअरमा ब्रेक लागेको थियो ।

सन् २०१६ मा भारतीय क्रिकेट बार्डले उनलाई विभिन्न आरोपहरु लगाउँदै पाँच वर्षको प्रतिवन्ध लगाइदिएको थियो ।

यद्यपि, आईसीसीले भने उनलाई दोषी ठहर गरेको छैन ।