५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेन भ्रमण नगर्न परराष्ट्र मन्त्रालयको अनुरोध



अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न अनुरोध गरेको छ । 

युक्रेनमा रहेका नेपाली नागरिकहरूले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरी अति आवश्यक परी त्यहीँ रहनुपरेमाबाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कनसमेत अनुरोध गरेको छ । 

युक्रेनका लागि समेत सहप्रमाणिकृत नेपाली राजदूतावास बर्लिन युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकसँग सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले युक्रेनमा रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिनका तृतीय सचिव सहारा चौँलागाइँ सम्पर्क नं.+491709808063, Email: [email protected]  र सहजताका लागि मस्कोस्थित नेपाली राजदूतावासका शुशिल घिमिरे, कार्यवाहक राजदूत
सम्पर्क नं.+79680702815, Email: [email protected] गर्न सकिने बताएको छ ।