२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश प्रमुख प्रसाईं पदमुक्त, शर्मालाई जिम्मेवारी



अ+ अ-

काठमाडौ । राष्ट्रपति बिद्यादेबी भण्डारीले वागमती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई पदमुक्त गर्दै यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गर्नु भएको छ । सरकारले बिहीबार वागमती प्रदेशको प्रदेश प्रमुख  विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि  राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

यादव शर्मा माधव कुमार नेपालकाे काेटाबाट प्रदेश प्रमुख बनाएकाे बताइएकाे छ । सरकारले यसअघि नै गण्डकी, लुम्बिनी र प्रदेश २ का प्रदेश प्रमुखहरूलाइ पदमुक्त गरेर नयाँ नियुक्ति गरेकाे छ ।