२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारागारबाटै रेशम चौधरीले गरे महन्थको नयाँ पार्टीको समर्थन



फाईल फोटो
अ+ अ-

काठमाडौं । जसपाका निलम्बित सासंद रेशम चौधरीले कारगारबाटै महन्थ ठाकुरको नेतृत्वमा दर्ता भएको नयाँ पार्टीको समर्थन गरेका छन् । 

सांसद चौधरीले ठाकुरको पार्टीको समर्थनमा डिल्ली बजार कारागारबाटै मन्जुरीनामा पठाएका हुन् । 

‘चौधरीले महन्थ ठाकुर नेतृत्वको नयाँ पार्टी जनता समाजवादी पार्टी (लोकतान्त्रिक)लाई समर्थन जनाउँदै निर्वाचन आयोगमा पत्र पठाएका हुन् । 

चौधरीले पठाएको पत्रमा नयाँ दलको कार्यकारिणी सदस्यको रुपमा जिम्मेवारी बहन गर्न आफू तयार भएको उल्लेख गरिएको छ ।