२३ भाद्र २०८३, मंगलवार
,
Latest
लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–१७ च्याम्पियनसिप फाइनलमा नेपाल र भारत भिड्दै



अ+ अ-

काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारतले आज बुधबार प्रतिस्पर्धा गर्दैछन् ।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने फाइनल खेल राति ८ः१५ बजे सुरु हुनेछ । नेपाल अपराजित रहँदै उपाधि उचाल्ने दाउमा रहेको छ ।

उता, साविक विजेता भारत पनि नेपाललाई हराएर उपाधि रक्षा गर्न चाहन्छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ ले हराएको थियो भने दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएर फाइनलमा स्थान बनाएको हो ।

प्रतियोगितामा नेपाल अपराजित रहदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा एक हार व्यहोर्यो । नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।