• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   सांसद शर्मा भन्छन्: छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ ★   गोविन्दा र कृष्णा बीचको झगडा समाप्तः छोराको साथमा भान्जी आरतीको विवाहमा पुगे ★   प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट ★   न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक– तस्बिरहरू ★   ६ एसएसपीको सरुवा, काठमाडौं प्रमुखमा को आए ? ★   अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन गृह मन्त्रालयको निर्देशन ★   सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै ★   प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट ★   कीर्तिमानी कोहलीः १० सिजनमा ४०० भन्दा बढी रन बनाउने पहिलो ब्याट्सम्यान ★   आईपीएलमा आज: बलियो कोलकाता र पञ्जाब खेल्दै

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइँदै



काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिको सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

समितिकै कार्यकाल सकिन लागेको परिस्थितिमा सुनुवाइ कसरी अघि लैजाने भन्ने सन्दर्भमा सदस्यबीच लामो छलफल र बहसपछि समितिले सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

न्यायपरिषद्ले यही भदौ २१ गते सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालतका तुलसीपुरका मुख्य न्यायाधीश नीता गौतम दीक्षित, पाटन उच्च अदालतका न्यायाधीश विनोद शर्मा र वरिष्ठ अधिवक्ता डा दिननाथ पराजुली इलामको नाम मनोनीत गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो ।

समितिले उहाँबारे सर्वसाधारणलाई जानकारी दिई १० दिने सूचना प्रकाशित गरी कुनै गुनासो र उजुरी भए माग गर्ने निर्णय गरेको छ । यसअघि बैठकमा सदस्यले संसदीय सुनुवाइको अभ्यास र समितिको कार्यकालकै बारे विभिन्न कोणबाट भनाइ प्रस्तुत गर्नुभयो ।

बैठकमा सभापति लक्ष्मणलाल कर्णले समितिले हालसम्म सर्वसम्मतरुपमा निर्णय सुनाउँदै जानकारी दिँदै उठेका प्रश्नको निरुपण गर्न गरेको आग्रहमा सदस्यबीच १० दिनको सूचना प्रकाशित गरी अघि बढ्ने निर्णय भएको हो ।