• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   वर्षाले केही घट्यो वायु प्रदूषण ★   हल्का वर्षा पछि कस्तो छ वायु प्रदूषणको अबस्था ★   काँग्रेस गृहमन्त्रीलाई संसदमा बोल्न दिनुपर्छ भन्ने ठाउँमा आएको छः सन्तोष परियार ★   काँग्रेस जिम्मेवार प्रतिपक्ष बनोस्, म माथि संसदीय समिति बनाउनुपर्ने स्पष्ट आधार छैनः गृहमन्त्री ★   काँग्रेसको व्यक्ति लक्षित संसदीय समितिको माग सम्भव छैन: एमाले ★   गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउने काँग्रेसको अडान कायमै ★   अमेरिकामा प्रथम विद्वत् धर्मसभा ! ★   चितवनमा बाघ र गैँडा मृत फेला ★   सिन्धुलीमा रहेका मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकोप्टरमार्फत काठमाडौँ ल्याईदै ★   उपेन्द्र यादव नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन कायम राख्ने

नेप्से परिसूचक २१.३० अंकले वृद्धि



symbolic picture

काठमाडौँ । पछिल्लो समय निरन्तर रुपमा घट्दै आएको नेप्से परिसूचक मंगलवार वृद्धि भएको छ ।

मंगलवार नेप्से सूचक २१.३० अंकले बढेर १९३४.०४ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ३.८३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५९ अंकले बढेको छ ।

मंगलवार कारोबारमा आएका २३१ कम्पनीको ३१ लाख ४६ हजार ९९६ कित्ता शेयर ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँमा कारोबार भएको छ । सोमवार २६ लाख १३ हजार ४५० कित्ता शेयर ८३ करोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

मंगलवार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ । जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २।१३ प्रतिशतले बढेको छ । बाँकी उपसमूहको १ प्रतिशत भन्दा बढीले बढेको छ ।

मंगलवार नेप्से बढेसँगै बोटलर्स नेपालको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, मैलुङ खोला जलविद्युतको ७.७६ प्रतिशतले बढेको छ ।

यता सामुदायीक लघुवित्तको शेयरमूल्य २.१० प्रतिशतले घटेको छ भने युनाइटेड इदी मर्दी हाइड्रोपावरको १.६२ प्रतिशतले घटेको छ । आज नबिल बैंकको सबैभन्दा धेरै ५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।