• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

निलम्बित प्रधानन्यायाधीश जबरासँगको बयान सकियो(भिडियोसहित)



काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको बयान सकिएको छ ।

महाअभियोग सिफारिस समितिले तयार पारेको ४३ प्रश्नमा राणासँग आज पाँचौ दिन बयान लिइएको थियो । यसअघि ३५ वटा प्रश्न सोधिएकोमा आज बाँकी ८ वटा प्रश्नमा सवाल/जवाफ गरिएको थियो ।

समितिका एक सदस्यका अनुसार अब पुरक प्रश्नका लागि जबरालाई पुनः बुधबार वा बिहीबार बोलाइनेछ । यस्तै, सिफारिस समितिले बयानका क्रममा राणाले नाम लिएका व्यक्तिहरूलाई भोलि बोलाउने तयारी समेत गरेको छ ।

उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । जबराविरुद्ध गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे ।

जबरााविरुद्ध नेपाल बार एसोसिएशन र सर्वोच्च बार एसोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ ।