१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday
Latest
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र प्रसाईंलाई हिरासतमा राख्न प्रहरीले थप २० दिन समय मागेकोमा अदालतले… बाढीपहिरोले क्षति गरेको सात महिनापछि आयो पुनः निर्माणको बजेट कांग्रेसले यातायात व्यवसायीको समस्या समाधान गर्छ : कार्यवाहक सभापति श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ रंगशालामा रोबर्टो कार्लोस फोटो फिचर सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने ‘समवेदना’ सुनाएरै चर्चित ७३ वर्षीय शिरो सान्दाइ उपप्रधानमन्त्री सिंह र युएईका उपप्रधानमन्त्री नाहयानबीच भेटवार्ता २५ लाख लागतमा मलामी विश्राम घर निर्माण “राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

तामाङ र नेवारी भाषालाई कामकाजको भाषा बनाउने बागमती प्रदेशको तयारी



अ+ अ-

काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशभित्र बोलिने तामाङ र नेवारी भाषालाई प्रदेशको कामकाजको भाषा बनाउन प्रक्रिया थालेको छ । यसका लागि सरकारले प्रदेशका प्रमुख सचिवको नेतृत्वमा एक समिति गठन गरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिका सदस्यहरूमा सामाजिक विकास मन्त्रालयका सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव एवं आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहनुभएको छ । समितिले अध्ययन गरेर उपलब्ध गराउने प्रतिवेदनका आधारमा आवश्यक ऐन आदि निर्माण गरेर कामकाजको भाषा लागू गरिने मन्त्री जम्कट्टेलले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशभित्र नेपाली भाषासहित नेवारी र तामाङ भाषालाई कामगाजको भाषा बनाउने प्रक्रिया अगाडि बढाउने निर्णय गरकोे थियो । “यो हाम्रो पहिलेदेखिकै माग थियो, त्यसलाई कार्यान्वयनमा लान थालिएको हो”, उहाँले भन्नुभयो ।