१५ श्रावण २०८३, शुक्रबार
,
Latest
इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता राष्ट्रियसभाको बैठक बस्दै धनुषामा कर्फ्यु जारी, दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न निस्कन पाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–२० एशियन कप छनोटः नेपालले कतारको सामना गर्दै



अ+ अ-

काठमाडौँ । बहराइनमा जारी एएफसी यू–२० एशियन कप छनोटको दोस्रो खेलमा नेपालले आज सोमबार कतारसँग प्रतिष्पर्धा गर्दैछ ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले बलियो टोली कतारको सामना गर्नेछ । नेपाल र कतारबीचको खेल राति ११ः४५ बजे शुरु हुनेछ ।

कतारबिरुद्ध मैदान उत्रँदा नेपाल पहिलो जितको खोजिमा हुनेछ । पहिलो खेलमा नेपालले भुटानसँग २–० गोलको हार व्यहोरेको थियो । यता, कतार भने नेपाललाई हराएर प्रतियोगिताको सुखद् शुरुवात गर्ने योजनामा हुनेछ ।

त्यसैले बलियो टोली कतारबिरुद्ध नेपाललाई सहज हुनेछैन । छनोटको समूह ’बी’ मा रहेको नेपाल र कतारले अंक जोड्न सकेको छैन । नेपाल पुछारमा रहँदा कतार चौथो स्थानमा रहेको छ ।