२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–२० एशियन कप छनोटः नेपालले कतारको सामना गर्दै



अ+ अ-

काठमाडौँ । बहराइनमा जारी एएफसी यू–२० एशियन कप छनोटको दोस्रो खेलमा नेपालले आज सोमबार कतारसँग प्रतिष्पर्धा गर्दैछ ।

शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपालले बलियो टोली कतारको सामना गर्नेछ । नेपाल र कतारबीचको खेल राति ११ः४५ बजे शुरु हुनेछ ।

कतारबिरुद्ध मैदान उत्रँदा नेपाल पहिलो जितको खोजिमा हुनेछ । पहिलो खेलमा नेपालले भुटानसँग २–० गोलको हार व्यहोरेको थियो । यता, कतार भने नेपाललाई हराएर प्रतियोगिताको सुखद् शुरुवात गर्ने योजनामा हुनेछ ।

त्यसैले बलियो टोली कतारबिरुद्ध नेपाललाई सहज हुनेछैन । छनोटको समूह ’बी’ मा रहेको नेपाल र कतारले अंक जोड्न सकेको छैन । नेपाल पुछारमा रहँदा कतार चौथो स्थानमा रहेको छ ।