१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफ: सेमिफाइनल यात्राका लागि नेपाल श्रीलंकासँग भिड्दै



अ+ अ-

काठमाडौं । महिला साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको दोस्रो खेलमा आज नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

दशरथ रंगशालामा हुने खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

लगातार दोस्रो जित निकाल्दै नेपालले सेमिफाइनल पुग्ने लक्ष्य राखेको छ। आजको खेलमा नेपालले श्रीलंकासँग बराबरी खेले मात्रै पनि सेमिफाइनल पुग्नेछ ।

नेपालले पहिलो खेलमा भुटानलाई ४-० गोलको नतिजामा पराजित गरेको थियो ।

श्रीलंका भने पहिलो खेलमा भुटानसँग ५-० को नतिजामा पराजित भएको थियो । त्यसैले श्रीलंकालाई सेमिफाइनलमा पुग्न फराकिलो जितको आवश्यकता रहेको छ ।

समूह ‘ए’ बाट भारत र बंगलादेशले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।