२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष ली नेपाल आउँदै



अ+ अ-

काठमाडौँ । जनवादी गणतन्त्र चीनको नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष ली झान्सु नेपाल भ्रमणमा आज आउदै हुनुहुन्छ । उहाँ तीन दिने भ्रमणका लागि काठमाडौँ आउने हुनुभएको हो ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ।

ली रूस, मंगोलिया हुँदै नेपाल आउने र नेपालबाट दक्षिण कोरियाहुँदै चीन फर्कने कार्यक्रम रहेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्। । छ जना वरिष्ठ मन्त्रीसँगै करिब ९६ जनाको टोलीसहित नेपाल आउनुहुने बताइएको छ । लीलाई चीनमा राष्ट्रपति सि चिनफिङपछिको दोस्रो वरियताको नेता मानिन्छ ।

लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख सापकोटा , नेकपा एमालेका अध्यक्ष केप ओली , लगायत प्रमुख दलका नेताहरूसँग भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पछिल्लो ६ महिनामा चीनबाट यो तेस्रो उच्चस्तरीय भ्रमण हुन लागेको हो । यसअघि गत चैतमा चीनका स्टेट काउन्सिलरसमेत रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले काठमाडौँको भ्रमण गर्नुभएको थियो । त्यतिबेला उहाँले नेपालका उच्च राजनीतिक नेतृत्वसँग द्विपक्षीय विषयमा विस्तृत छलफल गर्नुभएको थियो ।

गत असारको अन्तिम सातातिर चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० का विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौँ आउनुभएको थियो । त्यसबेला उहाँले नेपालका कम्युनिस्ट पार्टीका नेताहरूलगायत सबै प्रमुख राजनीतिक सरोकारवालाहरूसँग भेटवार्ता गर्नुभएको थियो ।

त्यसैगरी गत साउनमा परराष्ट्रमन्त्री डा नारायण खड्काले चीनको भ्रमण गर्नुभएको थियो । सो अवसरमा उहाँले आफ्ना चिनियाँ समकक्षी वाङसँग भएको भेटमा सीमा समस्यालगायत द्विपक्षीय विषयमा छलफल गर्नुभएको थियो ।