• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ ★   राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना ★   हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो ★   आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ★   सञ्चार मन्त्रालयको विज्ञप्तिपछि चल्न थाल्यो इन्टरनेट ★   चेल्सीले टोटेनहमलाई हरायो ★   वैशाख २८ गतेका लागि बजेट अधिवेशन आह्वान ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने, एमाले अनिर्णित, कांग्रेसले प्रदेशसभा नै अवरुद्ध पार्ने ★   राजस्थान रोयल्समाथि हैदरावादको रोमाञ्चक जित ★   इन्टरनेट सेवामा समस्या, भुक्तानी नगर्दा काटियो नेट

‘गण्डकीलाई समृद्ध र उत्कृष्ट प्रदेश बनाउने सपना साँचेको छु’



लमजुङ । नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री रहँदा प्रदेशको विकासका लागि धेरै काम अगाडि बढाएको बताउनुभएको छ ।

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री गुरूङले तीनबर्ष मुख्यमन्त्री भएर काम गर्दा समय कम भएकाले चाहेको काम पूरा गर्न नपाएको बताउनुभयो ।

शनिबार बेंसीशहर नगरपालिका–९ सितलपाटीमा आयोजित भवन उद्घाटन कार्यक्रममा उपमहासचिव गुरूङले राजनीतिक अस्थिरताका कारण मुख्यमन्त्रीबाट हट्नुपरेको भन्दै प्रदेशको समृद्धि, विकासका लागि आफू निरन्तर लाग्ने स्पष्ट गर्नुभयो ।

उहाँ आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभा सदस्यका लागि लमजुङ प्रदेश निर्वाचन क्षेत्र ‘ख’ बाट प्रत्यक्षमा उम्मेदवारका लागि सिफारिश हुनुभएको छ ।

आफ्नो पालामा प्रदेशका ८५ स्थानीय तहका पालिका केन्द्रसम्म बाह्रै महिना चल्ने दुई लेनको बाटो बनाउन थालिएकोमा अहिले अलपत्र रहेको उहाँले बताउनुभयो ।

प्रदेशका पाँच लाख ७८ हजार घरधुरीमध्ये ८५ हजार घरधुरीमा बिजुली नभएकाले आफ्नै पालामा बिजुली पुर्याउने, प्रदेशलाई उज्यालो प्रदेश बनाउने लक्ष्य रहेकोमा काम अधुरा रहे पनि अब बन्ने एमालेको सरकारले ति कामलाई पूर्णता दिने पूर्वमुख्यमन्त्री गुरूङको भनाई थियो ।

आफ्नो पालामा युवालाई सीपमूलक तालिमका लागि विदेशमा पठाउने, छोरीलाई प्राविधिक शिक्षाका लागि अनुदान दिने, सुत्केरी गराउन समस्या भएका महिलालाई हेलिकप्टरबाट उद्धार गर्ने, कृषि उत्पादनमा जोड, घरवास कार्यक्रम, सडक, बिजुली, पानी, स्वास्थ्य क्षेत्रमा धेरै काम गरेको उहाँले बताउनुभयो ।

नेता गुरुङले संविधानमै सबै नागरिकले गास, बास, कपास, शिक्षा, उपचार, बिजुली पाउनुपर्छ भन्ने उल्लेख गरेको र यसलाई पूरा गर्न संघीय शासन प्रणाली आएको बताउनुभयो ।

‘जनतालाई सुख दिने, समृद्ध प्रदेश बनाउने सपना थियो । प्रदेशलाई नेपालकै उत्कृष्ट प्रदेश बनाउने सपना थियो । त्यो अवसर गुम्यो, अब ति काम पूरा गर्न एमाले त्यहीँ जिम्मेवारीमा पुग्नुपर्छ ।’ एमालेका केन्द्रीय सदस्य जमिन्द्रमान घलेले तत्कालीन जिल्ला विकास समितिको सभापति भएर जिल्लाको विकासको खाका कोर्ने काम आफूले गरेको बताउनुभयो ।