२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवलमा विद्यालय हिँडेका तीन बालक बेपत्ता



अ+ अ-

तिलोत्तमा । बुटवलमा विद्यालय जान निस्केका तीन बालक बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका–११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल शुक्रबारदेखि बेपत्ता भएको आफन्तहरूले जनाएका छन् ।

तीमध्ये लम्साल र पौडेल बुटवलको–११ देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर माविको कक्षा ९ मा र पन्थी नहरपुर माविको कक्षा ८ मा अध्ययनरत थिए । शुक्रबार विद्यालय जान्छौँ भनेर हिँडेका बालक सम्पर्कमा नआएपछि आफन्तले खोजतलासका लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका थिए ।

नवीन औद्योगिक कदरबहादुर माविका प्रधानअध्यापक प्रेमबहादुर बस्नेतले विद्यार्थी शुक्रबार विद्यालय नआएका र ती दुवै विद्यार्थी पढाइमा मध्यम खालको रहेको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले हराएका बालकको खोजतलास सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले हराएको सूचना आएपछि खोजतलास सुरु गरेका छौँ, उनीहरुको छिट्टै पत्ता लाग्छ ।”