६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वयुवराज्ञी हिमानीद्वारा गोरखाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण



अ+ अ-

गोरखा । पूर्वयुवराज्ञी हिमानी शाहले गोरखाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।

उहाँले शनिबार हिमानी ट्रष्टमार्फत गोरखाका विभिन्न पालिकाका विद्यार्थीलाई झोलालगायत १९ प्रकारका शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

गोरखा बजारस्थित शक्ति माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा हिमानीकी छोरी कृतिका पनि सहभागी हुनुहुन्थ्यो ।

शाहले गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सहिदलखन गाउँपालिका, भीमसेनथापा गाउँपालिका र धार्चे गाउँपालिकाका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउनुभएको हो ।

तीन हजार सात सय ५० जना विद्यार्थीलाई चाइना फाउन्डेसनमार्फत प्राप्त सामग्री हिमानीले हस्तान्तरण गर्नुभएको हो ।

सो फाउण्डेसनले वर्षेनी गोरखा, लमजुङ, मनाङ र गुल्मीका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ ।

हिमानी र कृतिकाले गोरखा दरबारस्थित गोरखकाली र गोरखनाथको पूजआजा पनि गर्नुभएको थियो ।