१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलिको संसद बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको सर्कुलर



अ+ अ-

काठमाडौँ। सत्तारुढ घटक नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।  

भोलिको संसद बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी)माथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक बन्न सक्ने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको कांग्रेसले जनाएको छ । 

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जानकारी दिइन्। यसलाई एमसीसीको पक्षमा उभिन सांसदलाई ह्विप नै जारी गरिएको भनेर बुझ्दा पनि हुने उनको भनाई छ।

सत्ता गठबन्धन भित्रै पनि नेपाली कांग्रेस एमसीसीको पक्षमा रहँदा सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी पास गर्न नहुने बताउँदै आएका छन् । 

जसकारण एमसीसी पास गर्न कांग्रेसले प्रमुख विपक्षी नेकपा एमालेको साथ खोजेको छ। यद्यपि, एमालेले भने पहिले संसदमा आफूहरुले उठाएको माग पूरा गर्नुपर्ने अडान लिँदै एमसीसीबारे आधिकारीक धारणा सार्वजनिक गरेको छैन।