२७ भाद्र २०८३, शनिबार
,
Latest
भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत भोटेकोशी बाढीः जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी देशका समस्या र जनताका एजेण्डाले अग्रगामी मोर्चा बन्योः जनार्दन शर्मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

३४ घर पहिराको जोखिममा



सांकेतिक तस्बिर
अ+ अ-

सिन्धुपाल्चोक । लगातारको वर्षाले मेलम्ची नगरपालिका– ८ केउरानीका ३४ घर जोखिममा परेका छन् । पहिराका कारण खैरेका २७ र छाँयालीका सात घर जोखिममा परेका हुन् । स्थानीयवासी कान्छामान दोङका अनुसार  पोहोरदेखि नै पहिरो जान थालेका ठाउँमा यसपाली पनि पहिरो आएर खैरेका बस्ती जोखिममा परेका हुन् । निरन्तर पहिरो खस्न थालेपछि स्थानीयवासी त्रसित भएको उहाँले बताउनुभयो ।
 
पटकपटक वडाका  प्राविधिकलाई यसबारे जानकारी गराउँदा पनि चासो नदिएको उहाँले गुनासो गर्नुभयो । वडा नं ८ का वडाध्यक्ष ठकराज गिरीले उनीहरुलाई तत्काल अस्थायी बासको व्यवस्था गर्नुपर्ने बताउनुभयो । यसअघि जिल्ला विपत् व्यवस्थापन समितिलाई जानकारी गराई बस्तीको विज्ञसहित अनुगमन गर्न आग्रह गरिएको तर सुनुवाइ नगरेको उहाँको भनाइ छ । वडाध्यक्ष गिरीले तत्काल नगरपालिकामा जानकारी गराइ प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन लागिपर्ने प्रतिबद्धता जनाउनुभयो  । उहाँले भूर्गवविद्को टोली ल्याई बस्तीको अध्ययन गराउनुपर्ने बताउनुभयो ।
 
१७ परिवारलाई राहत वितरण

पहिराले प्रभावित मेलम्ची–६ नेपाने बगरटोलका १७ परिवारलाई राहत वितरण गरिएको छ । स्थानीयवासी भीमसेन थापाको आग्रहमा  मेलम्ची–४ थकनी निवासी गरिमा भोएज टÞ्राभलका  सञ्चालक  हाल इटालीमा रहनुभएका रवीन्द्र अर्यालमार्फत प्राप्त रु एक लाख १७ परिवारलाई वितरण गरिएको हो । घरवारविहीन, आर्थिक अवस्था कमजोर भएका तथा परिवार सङ्ख्याका आधारमा पीडित घरपरिवारलाई नगर प्रमुख डम्बर अर्यालले हस्तान्तरण गर्नुभएको हो ।