११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

आम निर्वाचनः कर्णालीमा मुख्य नेताहरू को–कहाँ सिफारिस ?

आम निर्वाचनः कर्णालीमा मुख्य नेताहरू को–कहाँ सिफारिस ?
अ अ+ अ-

कर्णाली । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्सिर ४ गतेका लागि घोषित आम निर्वाचन २०७९ का लागि दलहरूले उम्मेदवारको प्रस्तावित नामावली केन्द्रमा पठाएपछि कर्णाली प्रदेशमा पनि चुनावी चहपहल सुरु भएको छ । स्थानीय, जिल्ला कमिटी हुँदै प्रदेशमा आइपुगेका प्रस्तावित नाममध्ये दलहरूले आफ्ना अधिकांश मुख्य नेतालाई प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस गरेका छन् । कर्णालीमा सुर्खेत र दैलेखमा प्रतिनिधिसभाका दुई–दुई तथा बाँकी आठ जिल्लामा एक–एक गरी १२ क्षेत्र छन् ।

उम्मेदवार छनोट प्रक्रिया सुरु भएसँगै कर्णाली प्रदेशका ‘हेभिवेट’ मानिएका नेताहरूप्रति सबैको नजर परेको छ । राष्ट्रिय राजनीतिमा यस प्रदेशबाट नेपाली कांगे्रसका उपसभापति पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र)उपमहासचिवद्वय अर्थमन्त्री जनार्दन शर्मा, पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत, कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं मुख्यमन्त्री जीवनबहादुर शाही, पूर्व मुख्यमन्त्री एवं माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही, नेकपा (एमाले)का प्रदेश इञ्चार्ज यामलाल कँडेल, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वाला, राप्रपाका उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री कुन्ती शाही र प्रवक्ता ज्ञानेन्द्र शाही प्रतिनिधित्व गर्नुहुन्छ ।

कांग्रेस प्रदेश कार्यसमिति सभापति ललितजङ्ग शाहीले जिल्लाले पठाएको सिफारिसका आधारमा प्रदेशसभा र प्रतिनिधिसभाका आकाङ्क्षी उम्मेदवारको विवरण केन्द्रमा पठाइसकिएको बताउनुभयो । आ–आफ्नो पार्टीबाट एकल सिफारिसमा परेपछि मुख्य नेताका सम्भावित प्रतिस्पर्धीहरूबारे चर्चा हुन थालेको छ । कांगे्रस उपसभापति खड्कालाई पार्टीको जिल्ला कार्यसमितिले सुर्खेत–१ बाट सर्वसम्मत सिफारिस गरिसकेको छ । माओवादी केन्द्रले उपसभापति खड्काको क्षेत्रमा कसैलाई सिफारिस गरेको छैन भने एमालेले सोही क्षेत्रका सांसदसहित तीन जनाको नाम पठाएको छ । एमालेले सांसद धु्रवकुमार शाही, चन्द्रलाल पौडेल र शान्तिकुमारी छन्तेलको नाम पठाएको हो ।

अर्थमन्त्री शर्मा रुकुमपश्चिम पनि सर्वसम्मत उम्मेदवार सिफारिस हुनुभएको छ । त्यहाँ कांगे्रस र एमालेले तीन–तीन जनाको नाम प्रस्ताव गरी केन्द्रमा पठाएका छन् । कांग्रेसले गोपालजीजङ्ग शाह, पे्रमप्रकाश वली र यामबहादुर केसी तथा एमालेले नन्दराम देवकोटा, प्रवीण नेपाल र सरिता सुनारलाई सिफारिस गरेको छ । माओवादी केन्द्रका अर्का उपमहासचिव बस्नेतलाई जाजरकोटबाट सर्वसम्मत सिफारिस गरिएको छ । जाजरकोटबाट कांगे्रसले पूर्व सभासद राजीवविक्रम शाह र रामजङ्ग शाह तथा एमालेले केन्द्रीय सदस्य नीरज आचार्यलाई सर्वसम्मत सिफारिस गरेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई हुम्ला जिल्ला कार्यसमितिले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा सिफारिस गरेको छ । हुम्लाबाट एमालेले प्रतिनिधिसभामा प्रदेशका पूर्वमन्त्री दल रावलको नाम मात्र सिफारिस गरेको छ । कालीकोटबाट माओवादी केन्द्रले पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित काशीचन्द्र बराल, विष्णुबहादुर विश्वकर्मा र लक्ष्मीप्रसाद चौलागाईँलाई सिफारिस गरेको छ भने कांगे्रसले युवानेता भूपेन्द्रजङ्ग शाही, मीनबहादुर बोगटी, अशोकनाथ योगी र एमालेले केन्द्रीय सदस्य नगेन्द्र शाहीलाई सर्वसम्मत गरेको छ ।

एकीकृत समाजवादीले सल्यानबाट केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाको नाम एकल पठाएको छ । त्यहाँ माओवादी केन्द्रले रमेश मल्ल र सांसद टेकबहादुर बस्नेतको नाम सिफारिस गरेको जनाएको छ । मल्ल अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव हुनुहुन्छ । सल्यानमा एमालेले गुलाबजङ्ग शाहको नाम एकल नाम पठाएको छ ।

एमाले प्रदेश इञ्चार्ज कँडेलको नाम पनि सुर्खेत २ (क)क्षेत्रबाट प्रदेशसभामा एकल सिफारिस गरिएको छ । उहाँ हाल कर्णाली प्रदेशसभामा विपक्षी दलको नेता हुनुहुन्छ । कांगे्रस प्रदेश सभापति ललितजङ्ग शाही जुम्ला प्रदेशसभा ९क० मा सिफारिस हुनुभएको छ ।

एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापालाई दैलेख–१ बाट उक्त पार्टीले प्रतिनिधिसभाका लागि सर्वसम्मत सिफारिस गरेको छ । दैलेख–२ बाट एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहसँगै कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही पनि प्रतिनिधिसभामा सिफारिस हुनुभएको छ । एमाले प्रदेश अध्यक्ष शाहले जिल्लाको सिफारिसअनुसारै नाम केन्द्रमा पठाइएको जानकारी दिनुभयो । राप्रपा केन्द्रीय उपाध्यक्ष गिरी सुर्खेत–२, महामन्त्री शाही दैलेख–१ र प्रवक्ता शाही जुम्लाबाट प्रतिनिधिसभामा एकल सिफारिस हुनुभएको छ । रासस