१५ असार २०८३, सोमबार
,
Latest
जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त बढ्दो सहरीकरणसँग उपत्यकामा धान रोप्ने ठाउँको अभाव एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री लुम्बो हिमशिखरको पहिचान नेपालको परराष्ट्र नीतिमा ‘तरुल’ होइन ‘लालीगुराँस’को अवधारणा आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो वैदेशिक सम्बन्ध कुनै पनि शक्ति राष्ट्रको पक्षमा उभिने जेरो–सम गेम होइन: परराष्ट्रमन्त्री शिशिर खनाल युरोपको सुरक्षा संरचनामा टर्कीलाई समावेश गर्न एर्दोगानको आग्रह प्रेमभावदेखि राष्ट्रभावसम्म समेटिएको विधान श्रेष्ठको पलेँटी हिजबुल्लाहद्वारा इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीयसँग मैले र आरजुले सहमति गरेको भन्ने चीनमा समेत भ्रम रहेछ: प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवाले भारतसँग सहमति गरेको भन्ने चीनलाई समेत भ्रम परेको बताउनुभएको छ ।

पोखरामा शुक्रबार आयोजित एक कार्यक्रममा उहाँले आफू र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुले भारतसँग सहमति गरेको भन्ने विषयमा चिनियाँ अधिकारीहरुले चासो राखेको बताउनुभयो ।

चीनमा गएका नेपालका राजदूतले उहाँलाई चिनियाँ अधिकारीहरुले भारतसँग आफूहरुले बसेर सहमति गरेको भनेको बताएपछि आफूलाई अनौठो लागेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

भारतसँग आफूहरुले सहमति गरेको भन्ने कुरा झुटो र निराधार रहेको उहाँको भनाइ थियो । “यति झूटो र निराधार कुराको यति ठूलो प्रचार गरिनुबाट कहीँ न कहीँ प्रतिगमन र प्रतिक्रान्तिकारी शक्तिहरू निकै सक्रिय छन् भन्नेबाहेक अरु केही होइन”, उहाँले भन्नुभयो ।

यस्तो कार्यले आफू र आफ्नो पार्टीलाई बदनाम गर्ने षड्यन्त्र भएको उहाँले बताउनुभयो ।