३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीयसँग मैले र आरजुले सहमति गरेको भन्ने चीनमा समेत भ्रम रहेछ: प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवाले भारतसँग सहमति गरेको भन्ने चीनलाई समेत भ्रम परेको बताउनुभएको छ ।

पोखरामा शुक्रबार आयोजित एक कार्यक्रममा उहाँले आफू र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुले भारतसँग सहमति गरेको भन्ने विषयमा चिनियाँ अधिकारीहरुले चासो राखेको बताउनुभयो ।

चीनमा गएका नेपालका राजदूतले उहाँलाई चिनियाँ अधिकारीहरुले भारतसँग आफूहरुले बसेर सहमति गरेको भनेको बताएपछि आफूलाई अनौठो लागेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

भारतसँग आफूहरुले सहमति गरेको भन्ने कुरा झुटो र निराधार रहेको उहाँको भनाइ थियो । “यति झूटो र निराधार कुराको यति ठूलो प्रचार गरिनुबाट कहीँ न कहीँ प्रतिगमन र प्रतिक्रान्तिकारी शक्तिहरू निकै सक्रिय छन् भन्नेबाहेक अरु केही होइन”, उहाँले भन्नुभयो ।

यस्तो कार्यले आफू र आफ्नो पार्टीलाई बदनाम गर्ने षड्यन्त्र भएको उहाँले बताउनुभयो ।