• १० श्रावण २०८१, बिहीबार
  •      Thu Jul 25 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक जारी ★   पेरिस ओलम्पिक: खेल बराबरमा सकिएको दुई घण्टापछि मोरक्कोसँग अर्जेन्टिना पराजित ★   स्वास्थ्य मन्त्रीद्वारा सौर्य एयर दुर्घटनाप्रति दु:ख व्यक्त ★   सिमलताल दुर्घटना: कार्यदलले ११ दिनमा पनि सकेन काम, थप सात दिन माग ★   काँकडभिट्टाबाट आठ करोडको जडीबुटी निर्यात ★   एकैदिन २४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   इजराइली सेनाद्वारा गाजामा बन्धक बनाइएका पाँच जनाको शव फेला ★   धरापमा जडिबुटीको मनोहरा निलो पुल र बुद्धनगरको धोविखोला पुल… ★   प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक उद्घाटन ★   अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर

लन्डन ब्रिज इज डाउन… बेलायतकी महारानीको निधन, कसरी र कहिले हुनेछ अन्त्येष्टि ?



एजेन्सी

लन्डन । बेलायतमा महारानीको निधनलाई आधिकारिक सर्कलमा ‘अपरेशन लन्डन ब्रिज’ भनेर चिनिन्छ। यो एक प्रकारको ‘प्रोटोकल’ हो जुन बकिंघम प्यालेसले बिहीबार ९६ वर्षीया महारानीको निधनको घोषणा गरेपछि लागू भएको छ।

यससँगै ‘अपरेशन स्प्रिङ टाइड’ पनि लागू भएको छ । जसअन्तर्गत महारानी एलिजाबेथ द्वितीयाका छोरा तथा उत्तराधिकारी प्रिन्स चार्ल्स ७३ वर्षको उमेरमा ‘महाराज चार्ल्स तृतीय’ का रूपमा देशको राजगद्दीमा आरोहण हुनुभएको छ ।

‘लन्डन ब्रिज इज डाउन’ एउटा ‘कोड शब्द’ हो जुन महारानीका निजी सचिवका तर्फबाट प्रधानमन्त्री लिज ट्रसलाई महारानीको निधनको जानकारी दिन प्रयोग गरिएको हुनसक्छ ।

फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस (एफसीडीओ) को ‘ग्लोबल रेस्पोन्स सेन्टर’ बेलायत बाहिरका १५ सरकारलाई समाचार पठाउने जिम्मेवारीमा छ, जहाँ महारानी राष्ट्र प्रमुख हुनुहुन्छ । ग्लोबल रेस्पोन्स सेन्टरलाई राष्ट्रमण्डलका अन्य ३८ मुलुकलाई पनि समाचार पठाउने जिम्मेबारी छ ।

निधन भएको १० पछि हुनेछ अन्त्येष्टि

शाही परिवारले चाँडै अन्त्येष्टिका लागि आधिकारिक तालिका जारी गर्नेछ। उहाँको निधनको १० दिनपछि बिहीबार अन्तिम संस्कार गरिने बताइएको छ ।

प्रधानमन्त्री ट्रसले नयाँ राजालाई भेटेपछि राष्ट्रिय शोकको घोषणा गरिने भएको छ । राजा चार्ल्स तृतीयले राष्ट्रलाई सम्बोधन गर्नुहुनेछ । लन्डनस्थित सेन्ट पल क्याथेड्रलमा प्रधानमन्त्री र मन्त्रीहरूका लागि पनि एक कार्यक्रम आयोजना हुनेछ।

महारानीको शवलाई सार्वजनिक अवलोकनका लागि राख्न सकिन्छ । आगामी दिनमा के हुन्छ भन्ने बारे कुनै आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। यद्यपि महारानीको पूर्ण राजकीय सम्मानका साथ अन्त्येष्टि हुने अपेक्षा गरिएको छ।

महारानीको पार्थिव शरीरलाई पनि श्रद्धाञ्जली अर्पण गर्न सर्वसाधारणका लागि राखिने बताइएको छ । राजा चार्ल्स तृतीयले आगामी दिनहरूमा अन्तिम योजनाहरूमा हस्ताक्षर गर्नुहुनेछ ।