२३ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति शोकपुस्तिकामा हस्ताक्षर



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति नेपालस्थित बेलायती राजदूतावास जानुभई श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

आज लैनचौरस्थित बेलायती राजदूतावास जानुभई राष्ट्रपति भण्डारीले त्यहाँ राखिएको शोकपुस्तिकामा हस्ताक्षर गर्दै महारानीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँगको कुराकानीमा महारानीको निधनबाट नेपालले एक अशल मित्र गुमाएको जनाउँदै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

राष्ट्रपतिले सन्देशमा लेख्नुभएको छ – महारानीको निधनबाट बेलायतले आफ्नो समर्पित अभिभावक र नेपालले एक पुरानो मित्र तथा शुभचिन्तक गुमाएको छ । महारानी एलिजाबेथ विश्‍वले सम्मान गर्ने योग्य राजनेता हुनुहुन्थ्यो । उहाँले सन् १९६० र १९८६ मा गर्नुभएको नेपाल भ्रमणको सम्झना नेपाली जनताले सदैव गरिरहने छन् ।’