६ कार्तिक २०८१, मंगलवार
,
Latest
सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक एमाले नेता रिजालको दाबी– प्रचण्डको रोइकराई र हारगुहारले त्यो रोकिनेवाला छैन सहकारीको रकम अपचलनमा धनराजमाथि छानबिन कहिले ? मधेस र कोशी प्रदेशबाट ८४ जनाको उद्धार बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्दै ललितपुर महानगर सडक र विद्युत् सुविधासँगै सुगम बन्दै गाउँ ‘घरवारविहीनहरुको रात सधैँ सडकमा बित्छ’ मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री पाँच विपक्षी दलको ध्यानाकर्षणपत्र: मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री बेलायतबाट हर्क साम्पाङको चेतावनी– ‘धेरै रडाको नमच्चाउनू’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्रद्वारा महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

पूर्वराजा ज्ञानेन्द्रले आज एक शोक संदेश प्रकाशित गर्दै स्वर्गीय महारानी राजगद्दीमा ७ दशक अवधि विराज भएर उहाँले शालीन र उच्च राजकीय मूल्य निर्वाह गरेको कुरा सदा स्मरणीय छ भन्नुभएको छ ।

उहाँले नेपालप्रति स्वर्गीय महारानीको अगाध आत्मीयता सदा उल्लेख्य रहेको भन्दै नेपाल र बेलायतबीच दुई शताब्दीभन्दा बढी समयदेखि स्थापित भएको दौत्य सम्बन्धको स्मरण गर्नुभएको छ । साथै उहाँले विभिन्न भ्रमणका अवसरमा स्वर्गीय महारानीसँगको भेटवार्तालाई गहनतम प्राथमिकता दिनुभएको छ ।

पूर्वराजा ज्ञानेन्द्रले स्वर्गीय महारानीप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोक सन्तप्त राजपरिवार, बेलायती सरकार एवं बेलायती जनताप्रति हार्दिक समवेदन प्रकट गर्नुभएको छ ।