१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

‘रेल्वे हल्ट’ नामकरण परिवर्तन नगर्न कांग्रेसकोे आग्रह

‘रेल्वे हल्ट’ नामकरण परिवर्तन नगर्न कांग्रेसकोे आग्रह
अ अ+ अ-

जनकपुरधाम । नेपाली कांग्रेसले जयनगर–कुर्था रेलमार्गमा सहिदको स्मृतिमा स्थापना भएको ‘रेल्वे हल्ट’ (प्रतीक्षालय)को नामकरणलाई परिवर्तन नगर्न आग्रह गरेको छ ।

रेलमार्ग स्थापनाका बेला सहिद कामेश्वर यादव र कुशेश्वर मण्डलको नाम जोडिएर स्थापना गरिएको ‘सहिद कामेश्वर–कुशेश्वर हल्ट’ र सहिद सरोज कोइरालाको नाममा स्थापना गरिएको ‘सरोजनगर हल्ट’को नाम परिवर्तन गरिएको जनाइएको छ ।

“सहिदहरुको योगदानलाई सम्झिन स्थापना गरिएको ती हल्टको नाम परिवर्तन गर्ने काम भएको छ, त्यो अत्यन्तै आपत्तिजनक छ”, कांग्रेसका नेता डा शेखर कोइरालाले भन्नुभयो, “यो सहिदप्रतिको अपमान हो”, यसलाई कदापि स्वीकार गर्न सकिँदैन ।”

रेलमार्ग स्थापनाको समय धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा सहिद कामेश्वर–कुशेश्वर हल्ट र बिदेह नगरपालिकाको दुहवीमा सहिद सरोजनगर हल्ट स्थापना गरिएको थियो । “तर अहिले कामेश्वर–कुशेश्वर हल्टलाई इनरुवा हल्ट बनाइएको छ भने सरोजनगर हल्टको अस्तित्व नै समाप्त पारिएको छ”, नेता डा कोइरालाले भन्नुभयो, “सहिदको नाम जोडिएर राखिएका दुवै रेल्वे हल्टको अस्तित्व समाप्त पार्ने कार्य हामीलाई स्वीकार्य छैन ।” यस विषयमा पार्टीले खुलेर बोल्नुपर्छ, यो सहिदप्रतिको सम्मानको कुरा हो, उहाँको भनाइ थियो ।

“दुहबी बजार नजिकै स्थापना गरिएको सहिद सरोजनगर हल्टमा पहिला रेल रोकिन्थ्यो”, कांग्रेसका नेता रामकृष्ण यादवले भन्नुभयो, “अहिले न त्यहाँ रेल रोकिन्छ, न त सहिद सरोजनगर हल्टमा कुनै बोर्ड नै छ ।” यहाँ सहिद सरोज कोइरालाको इतिहास मेटाउने काम भएको छ यसले हामीलाई दुःखित् बनाएको छ”, उहाँले भन्नुभयो ।

‘‘सहिद कुनै पार्टी विशेषको हुँदैन, सबैको साझा हुन्छ”, उहाँले भन्नुभयो, “तर जसरी कांग्रेसको मात्र सहिद हो भन्ने मनसायका साथ सहिदहरूको योगदानमाथि प्रहार गर्ने काम भएको छ, यसलाई हामीले सच्याउनुपर्छ, यसलाई नसच्याए हामी चुप लागेर बस्न सक्दैनौँ ।”

“यो कुनै पार्टी विशेषको कुरा मात्र होइन”, उहाँले भन्नुभयो, “यो त ऐतिहासिक व्यक्तित्वको पहिचानको कुरा हो, सहिदको सम्मानको कुरा हो, त्यसैले सहिदको सम्मान सबैले गर्नुपर्छ ।” तत्कालीन पञ्चायती व्यवस्थाको सरकारले विसं २०२९ मा ल्याएको नयाँ शिक्षा योजनाको विरोधमा नेपाल विद्यार्थी सङ्घले गरेको आन्दोलनको क्रममा प्रहरीसँग धनुषाको यदुकाहामा झडप हुँदा गोली लागेर कामेश्वर यादव र कुशेश्वर मण्डलको मृत्यु भएको थियो ।

तत्कालीन पञ्चायतकालीन सरकारको विरुद्धमा सङ्घर्ष गर्दै आएका काङ्ग्रेस धनुषाका पूर्वसभापति तथा पूर्वसांसद सरोज कोइरालाको पञ्यायती सरकारको योजनामा विसं २०३० कात्तिक २ गते भारतको मधुवनीमा गोली हानेर हत्या गरिएको थियो । उहाँ कांग्रेसका नेतासँगै भारतमा प्रवास बस्दै आउनुभएको थियो ।

यसरी तत्कालीन पञ्चायत सरकारको निशानामा परेर सहिद भएका सहिदहरूको सम्मान गर्नुको साटो सरकारले सहिदका नाममा स्थापना भएको हल्टहरू हटाएर अपमान गर्ने काम गरेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले बताउनुभयो ।

“उहाँहरू ऐतिहासिक व्यक्तित्व हुनुहुन्थ्यो, उहाँहरूले आफ्नो स्वार्थका लागि होइन, पञ्चायतका विरुद्ध बलिदानी दिनुभएको हो”, उहाँले भन्नुभयो, “यसैले उहाँलाई सम्मान गर्न अझै हल्ट, स्टेशन र चोकहरू थप्नुपर्नेमा भएकालाई पनि हटाउने काम गरेको छ, यसलाई गम्भीररूपमा हामीले लिएका छौँ ।” त्यसले अविलम्ब सहिदका नाममा स्थापना गरिएका हल्टहरू कायम गर्नुपर्छ”, उहाँको माग थियो ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले सहिदहरूको नाममा स्थापना भएको हल्ट हटाएको विषयमा आफूलाई जानकारी नभएको बताउनुभयो । ‘‘हल्टको नाम राख्ने वा हटाउने काम सरकारको हो”, उहाँले भन्नुभयो, “हामीलाई त रेल चलाउने मात्र अधिकार छ, रेलको विषयमा मात्र जानकारी हुन्छ ।” पहिला सहिदहरूको नाममा हल्ट राखिएको थियो भन्ने सुनिन्छ, तर यस विषयमा आफूलाई कुनै आधिकारिक जानकारी छैन, उहाँको भनाइ छ ।