२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

म निर्दोष छु– सन्दीप लामिछाने



file
अ+ अ-

काठमाडौँ । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् ।

हाल क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सहभागिता जनाउन वेस्ट इन्डिज (जमैका) मा रहेका लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आधारहीन आरोपहरुको सामना गर्न सीपीएलबाट बिदा लिएर केही दिनभित्रै नेपाल फर्कने बताएका छन् ।

उनले भनेका छन्, “म यी सबै आधारहीन आरोपहरुको सामना गर्न तयार छु, निर्दोषलाई न्याय मिलोस् र सम्बन्धित सबैको सही छानबिन होस् ।”

नेपालको सम्मानित कानूनप्रति पूर्ण विश्वास रहेको भन्दै उनले कानूनले समान व्यवहार गर्ने आशा गरेका छन् ।