५ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन



अ+ अ-

एजेन्सी

लण्डन । बेलायतकी महारानी एलिजाबेथको द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ । बिहीबार डाक्टरहरुले उनको स्वास्थ्यमा निगरानी गरिरहेको खबर आएको थियो ।

महारानी केही दिन स्कटल्याण्डको बालमोरल महलमा थिइन्। उनी हरेक गर्मीमा यहाँ आउने गर्दथिन् । विगत केही दिनदेखि महारानीको स्वास्थ्यको नजिकबाट निगरानी भइरहेको थियो।

पछिल्ला केही वर्षयता उनको अवस्था बिग्रँदै गएको थियो र यसपटक फेब्रुअरीमा पनि उनलाई कोभिड–१९ संक्रमण भएको थियो । खराब स्वास्थ्यको कारण महारानीले आफ्नो प्रिभि काउन्सिलको बैठक रद्द गरेकी थिइन् उनलाई आराम गर्न भनिएको थियो ।

बेलायतकी महारानी एलिजाबेथ द्वितीयले मंगलबार औपचारिक रूपमा कन्जरभेटिभ पार्टीकी नेता लिज ट्रसलाई बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त गरेकी छन् । ट्रस ९६ वर्षीया रानीलाई भेट्न स्कटल्याण्डको एबर्डिनशायरस्थित उनको बालमोरल क्यासल निवासमा आइपुगेकी थिइन् ।

१५ देशका सरकारलाई दिइयो जानकारी

महारानीको निधनपछि १५ देशका सरकारलाई यसबारे जानकारी गराइएको छ। क्यानडासहित विश्वका यी १५ देशमा महारानीले शासन गरेकी थिइन् । रानीलाई ३८ राष्ट्रका राष्ट्रमण्डल देशहरूमा पनि उनको शासन छ।

महारानीले विन्स्टन चर्चिलदेखि लिज ट्रससम्म १५ बेलायती प्रधानमन्त्रीलाई सपथ गराइसकेकी छन्। बिहीबार दरबारले महारानी बालमोरलमा बसेको र उनका छोरा प्रिन्स चार्ल्स र नाति प्रिन्स विलियम त्यहाँ गएको बताएको थियो।

नयाँ प्रधानमन्त्री ट्रसले भनेकी छन्, “बकिङ्घम प्यालेसको यो खबरले सिंगो देश चिन्तित हुनेछ ।” उनले ट्वीटरमा लेखेकी छन्, “यस समयमा मेरो र सम्पूर्ण राष्ट्रका तर्फबाट महारानी र उनको परिवारलाई शुभकामना ।”

महारानी एलिजाबेथ अहिले ९६ वर्षकी पुगेकी थिइन् र उनको शासनकाल ७० वर्ष पुगेको छ । उनलाई अहिलेसम्म अस्पताल भर्ना गरिएको छैन । रानीका छोराहरू एन्ड्र्यू र एडवर्ड बाहेक उनकी छोरी राजकुमारी एनी पहिले नै स्कटल्याण्डमा उनीसँगै छिन्।

महारानीको अस्वस्थ स्वास्थ्यको खबरले संसदमा बहस व्यवधान भएको थियो । नयाँ प्रधानमन्त्री ट्रसले ऊर्जा संकटसँग जुध्न ठूलो प्याकेज घोषणा गरेकी थिइन् । त्यही बेला उनका निकट साथीले उनलाई महारानीको स्वास्थ्यको बारेमा बिस्तारै जानकारी दिए।

उनी चिन्तित भइन् र केही समयपछि हाउस अफ कमन्स छोडिन्। रानीले सधैँ बकिंघम प्यालेसमा नयाँ सरकारको घोषणा गर्छिन्, तर यस पटक उनी स्कटल्याण्डमा थिइन्। यसअघि बोरिस जोनसन राजीनामा दिन स्कटल्याण्ड पुगेका थिए । यसपछि ट्रस पनि बालमोरल महल गइन् र यहाँ उनले रानीलाई भेटिन्।

दरबारले जारी गरेको तस्बिरमा रानीले बायाँ हातमा लठ्ठी समातेको देखियो, जसको मद्दतले उनी हिँड्न सक्षम भइरहेकी थिइन् । महारानी एलिजाबेथको बिग्रँदै गएको स्वास्थ्य विगत केही वर्षदेखि चिन्ताको विषय बनेको थियो। जसका कारण उनले आफ्ना केही कार्यक्रम रद्द गर्नुपरेको छ । उनका श्रीमान् राजकुमार फिलिपको पनि गत वर्ष अप्रिलमा निधन भएको थियो ।