२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुलाईमा चीनको कच्चा स्टील उत्पादनमा कमी



अ+ अ-

बेइजिङ । चीनको कच्चा स्टीलउत्पादन गत महिना घटेको छ । राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस) को तथ्याङ्कअनुसार चीनको कच्चा स्टिलको उत्पादन गत महिना घटेको  पाइएको हो । “जुलाईमा देशको कच्ची स्टील उत्पादन ८६.७९ मिलियन टन रहेको छ र यो अघिल्लो बर्षको सोही अवधिको तुलनामा ८.४ प्रतिशत कम हो,” विभागले आफ्नो सूचनामा भनेको छ ।

वर्षको पहिलो सात महिनामा कच्चा स्टिलको उत्पादन वर्षमा ८ प्रतिशतले वृद्धि भएर ६४८.३३ करोड टन पुगेको थियो । चीनले जुलाईमा एक करोड १० लाख टन स्टील उत्पादन गरेको थियो । यो खघिल्लो बर्षको तुलनामा ६.६ प्रतिशतले कमी हो ।

एनबीएसका अनुसार जनवरी–जुलाई अवधिमा स्टिलको उत्पादन ८०९.०२ करोड टन पुग्यो र यो एक वर्ष पहिलेको तुलनामा १०.५ प्रतिशतके वृद्धि हो । 
हालैका वर्षहरूमा चीनले विशेष गरी ऊर्जा खपत गर्ने स्टील उत्पादनको क्षेत्रमा लगाउँदै आएको क्षमता कम गर्न ठोस कदम चालिसकेको छ ।  

चीनले यहाँको १३ औं पञ्चवर्षीय योजना अवधि (सन् २०१६–२०२०) को अवधिमा आफ्नो स्टील उत्पादनलाई निर्धारित समयभन्दा १५ करोड टनले कम गर्ने लक्ष्य लिएको थियो ।