• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य छैन: अध्यक्ष केसी ★   सन्दीप लामिछानेलाई अमेरिकाले भिसा उपलब्ध नगराएकोमा राप्रपा प्रमुख सचेतक शाहीको आपत्ति ★   दिल्लीका मुख्यमन्त्री केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गर्दै ★   पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा ★   बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी ★   जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँ: सांसद सापकोटा ★   संसदीय छानविन विशेष समितिले गृहमन्त्री लामिछानेमाथि पनि छानविन गर्छ: गगन थापा ★   पण्डित नवराज पौडेलको १०४ औं जन्म जयन्ती मनाईयो ★   भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु ★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ?

सेना ,प्रहरी मुख्यालयसंग कर असुली गर्न महानगरको ताकेता



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लामो समयदेखि कर नबुझाएका नेपाली सेनाको मुख्यालय, प्रहरी प्रधान कार्यालय, समाज कल्याण परिषद् लैनचौरलगायत १० करदातालाई आगामी १० दिनभित्र बहाल कर बुझाउन पत्राचार गरेको छ ।

पत्रमार्फत पटक पटक आग्रह गर्दा पनि बहाल कर नतिरेपछि कामपा राजस्व विभागले आज फेरि १० दिनको मिति तोकेर उक्त समयभित्र सम्बन्धित वडा कार्यलयमा कर बुझाउन पत्र पठाएको हो ।

कामपा राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले तोकिएको समयसीमाभित्र पनि तोकिएको शीर्षकअनुसार कर असुलउपर नभए राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह उपर गरी आवश्यक प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

आज पत्राचार गरिएकामा शङ्करदेव क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रङ्गशाला, सरस्वती क्याम्पस र नेपाल कमर्स क्याम्पसलाई पनि बहालकर तिर्न पत्राचार गरेको छ ।

कामपाले यही भदौ २१ गते पनि खाद्य संस्थान, हाइट फिल स्कुल नयाँबजार, रञ्जना ट्रेड सेन्टर न्युरोड, साझा भण्डार भोटाहीटी, राष्ट्रिय नाचघर जमल, चेम्बर अफ कमर्स जमल, कर्मचारी सञ्चय कोष ठमेल, नेपाल विद्युत प्राधिकरण रत्नपार्क, नेशनल ट्रेडिङ लिमिटेड सिंहदबार, नेपाली जामे मस्जिद बागबजार, कृषि सामग्री संस्थान टेकु, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल स्वयम्भू, आर बी कम्प्लेक्स न्युरोड, काठमाडौँ प्लाजा पुतली सडक, नेपाल सेयर मार्केट पुतली सडक, सिविक हस्पिटल प्रालि, डेन्टल कलेज सामाखुसी काठमाडौँ गरी १७ करदातालाई पत्र पठाएको थियो ।




भर्खरै