• १२ जेष्ठ २०८१, शनिबार
  •      Sat May 25 2024
  •   Unicode
Logo
Latest
★   मुटुमा समस्या देखिएपछि कान्तिपुरका अध्यक्ष सिरोहिया अस्पताल भर्ना ★   एमाले अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता ★   लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा ★   द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो ★   ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ? ★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ

सम्मानजनक ढङ्गले सिट बाँडफाँट नभए गठबन्धनको औचित्य छैन: अध्यक्ष यादव



पर्सा । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताउनुभएको छ ।

मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयको आज वीरगञ्जमा कार्यालय उद्घाटन गर्दै अध्यक्ष यादवले सबैको भावनालाई सम्मान गर्दै न्यायोचित सिट बाँडफाँट नभए दलहरुबीच गठबन्धनको कुनै औचित्व नरहने बताउनुभयो ।

उहाँले आफूहरूले प्रतिनिधिसभाका लागि ३२ सिट कांग्रेस नेतृत्वसँग माग गरेको र सोही विषयमा दलका शीर्षनेताहरूबीच छलफल चलिरहेको समेत जानकारी दिनुभयो । सिट बाँडफाँटको विषयमा सहमति नभएका विषयलाई चाँडै नै शीर्ष नेतृत्वले किनारा लगाएर आसन्न निर्वाचनको तयारीमा जुट्ने अध्यक्ष यादवले बताउनुभयो । सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष यादवले सिट बाँडफाँटको विषय चाँडै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री तथा मधेस विश्वविद्यलायका कुलपति लालबाबु राउत गद्दी, नेपाल सरकारका वनमन्त्री प्रदीप यादव, विश्वविद्यलायका सहकुलपति तथा प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साह, मधेस विश्वविद्यलायका उपकुलपति प्रा डा दीपक शाक्य, विभिन्न विश्वविद्यलायका उपकुलपति, समाजसेवी तथा राजनतीतिक दलका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।