• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

सरकारले तोड्यो ब्रोकर कार्टेलिङ, चुक्ता पूँजी बढाउने मन्त्रिपरिषद्को निर्णय



काठमाडौँ । सरकारले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ संसोधन गर्दै नयाँ ब्रोकर लाइसेन्स दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले ब्रोकर लाइसेन्सको चुक्ता पूँजी वृद्धि गर्दै नयाँ ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो । अर्थ मन्त्रालयले धितोपत्र बोर्डले गरेको नियमावली संसोधनलाई मन्त्रिपरिषद् बैठकमा पेस गरेको थियो । बैठकले सोही संसोधनअनुरुप चुक्ता पूँजी वृद्धि गरी ३ तहको ब्रोकर लाइसेन्स दिने प्रस्तावलाई पारित गरेको हो ।

संसोधित नियमावलीअनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्ता पूँजी रु १५ करोड, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको रु ५० करोड र धितोपत्र व्यापारीको कारोबार कम्पनी ब्रोकर कम्पनीको चुक्ता पूँजी रु एक अर्ब हुनेपर्ने छ ।

यसअघि रु दुई करोड चुक्ता पूँजीमा धितोपत्र दलालको काम गर्न पाइन्थ्यो । मन्त्रिपरिषद्ले गरेको पछिल्लो निर्णयले सीमित संख्याको ब्रोकरको अवस्था तोडिएको छ ।