६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ देशमा राजदूत सिफारिस, भारतका लागि लोेकदर्शन रेग्मी, अरु को–कहाँ ?



अ+ अ-

सरकारले विभिन्न देशमा रिक्त राजदूत पदमा ८ जनालाई सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले आठ जनालाई राजदूतमा सिफारिस गरेको हो । भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन् ।

त्यस्तै अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन् । दक्षिण कोरियाका लागि मानवअधिकारवादी सुशील प्याकुरेल सिफारिस भएका छन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीका पालामा सल्लाहकार थिए ।

यसैगरी डेनमार्कका लागि सुम्निमा तुलाधर, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, बेलायतका लागि बिजन पन्त, साउदी अरेबियाका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकार सिफारिस भएका छन् ।

एमाले, माओवादी र जसपाबाट राजदूतको नाम सिफारिस गरिएको हो । रास्वपाको कोटाको पछि सिफारिस हुने बताइएको छ ।

भारतको राजदूतमा सिफारिस रेग्मी बेलायतका लागि यसअघि राजदूत भएका थिए । केपी ओलीको सरकार परिवर्तन भएपछि फिर्ता हुने सूचीमा उनी परेका थिए । अमेरिकाका लागि सिफारिस भएका पूर्वसचिव घिमिरे विगतमा कोलकातास्थित महावाणिज्यदूत पनि बनेका थिए । तुलाधार महिला तथा बालअधिकारको क्षेत्रमा लामोसमयदेखि काम गरेकी व्यक्ति हुन् । यसैगरी तिमिल्सिना गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष हुन् ।

बेलायतका लागि सिफारिस भएका पन्त विकास मामिलाका जानकार हुन् । राजकर्णिकार राष्ट्रिय योजनाका पूर्वसदस्य हुन् । मुसलमान जसपाका बाँकेका नेता हुन् ।

मन्त्रिपरिषद्बाट सिफारिस भएकाहरूको अब संसदीय सुनुवाई हुने छ । संसदीय सुनुवाइ पूरा भएपछि सम्बन्धित देशबाट एग्रिमो आएपछि राष्ट्रतिले नियुक्त गर्ने छन् ।