२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्द्रजात्राको सम्पूर्ण तयारी पूरा- फोटो फिचर



अ+ अ-

काठमाडौँ । काठमाडौँको हनुमानढोका क्षेत्रमा मनाइने इन्द्रजात्राको सम्पूर्ण तयारी पूरा भएको छ । इन्द्रजात्रा भोलि शुक्रबार मनाइँदैछ ।

इन्द्रजात्रा हेर्न राष्ट्रपति विद्यादेवी भण्डारी भोलि हनुमानढोका जानुहुने कार्यक्रम छ । राष्ट्रपतिको सवारीलाई ध्यानमा राखी जात्रा व्यवस्थापन समितिले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

राष्ट्रपतिसँगै कूटनीति नियोगका प्रमुखहरु, मन्त्रीहरु, सरकारका विशिष्ट पदाधिकारीहरु हनुमानढोकामा पुग्ने भएकाले सुरक्षा व्यवस्था पनि मिलाइएको जनाइएको छ ।

इन्द्रजात्रामा हुने गतिविधिलाई लिएर आज सो क्षेत्रमा रिहर्सलसमेत गरेको बताइएको छ ।

फोटो-गणपतिलाल श्रेष्ठ