• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप हेर्न क्यान पदाधिकारी श्रीमतीसहित उडे अमेरिका ★   बालेनले किन भने वास्तविक गणतन्त्र आउन अझै बाँकी छ ? ★   बजेटपछि केमा बढ्यो के मा घट्यो मूल्य ? ★   एमाले चितवनको अध्यक्षमा पाठक ★   कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई गण्डकीको मुख्यमन्त्री नियुक्तिको तयारी ★   माछा मार्न जाँदा अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु ★   प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस ★   बजेट स्वागतयोग्य र लगानीमैत्री आएको छ – अध्यक्ष ढकाल ★   सहकारीको रकम अपचलनको छानबिन गर्न संसदीय विशेष समिति गठन, को–को परे ? ★   धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आयोः प्रकाशशरण महत

१०० सिट नपाए विद्रोह हुन सक्छ: शेखर कोइराला



काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्ता गठबन्धनबीच सिट बाँडफाँट हुँदा कांग्रेसले १०० सिट नपाए विद्रोह हुनसक्ने बताउनुभएको छ ।

प्रेस युनियनले जनकपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले प्रतिनिधिसभाको पूरै १६५ निर्वाचन क्षेत्रमै कांग्रेस एक्लै उठ्ने हो भने पनि आकांक्षीलाई व्यवस्थापन गर्न गाह्रो हुने उल्लेख गर्दै त्यसमा पनि घटेर कम्तीमा पनि १०० सिट नपाउँदा कांग्रेसभित्र विद्रोह हुने बताउनुभएको हो ।

उहाँले सिट बाडफाँट गर्दा कांग्रेसले १०० सिटभन्दा तल झर्न नहुनेमा जोड दिनुभयो । कांग्रेसले १०० सिट पनि नलिए बहुमत ल्याउन नसकिने उहाँको तर्क थियो । “१०० सिट नलिए कसरी बहुमत ल्याउन सकिन्छ रु तर १०० सिट दिने पक्षमा सत्ता गठबन्धनका अरू दल छैनन्। १०० भन्दा कम सिट लिँदा त विद्रोह हुन सक्छ”, उहाँले भन्नुभयो ।

सत्ता गठबन्धनका अन्य दललाई प्रत्यक्षतर्फ धेरै सिट दिँदा समानुपातिकतर्फ कांग्रेसको मत घट्नसक्ने उहाँको भनाइ थियो ।

कांग्रेस अहिले अप्ठेरो अवस्थामा रहेको भन्दै उहाँले यसबारे आफूहरुले कांग्रेस नेतृत्वलाई भनिरहेको बताउनुभयो ।

वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनमा नेकपा (एमाले) लाई जित्नका लागि बनाइएको भन्दै उहाँले विचार र सिद्धान्त नमिल्ने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरिएकाले परिणाम कस्तो आउँछ अहिले नै भन्न नसकिने बताउनुभयो ।

तस्बिर: अजयकुमार साह/ रासस