• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

नागरिकता विधेयक: निरन्तर छलफलमा राष्ट्रपति,आज उपेन्द्रसँग छलफल



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विवादास्पद’ नागरिकता विधेयकका सम्बन्धमा विभिन्न पक्षसंग छलफल गरिरहनु भएको छ । यसैक्रममा राष्ट्रपतिले आज जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गर्न लाग्नु भएको छ ।

दिउसो २ बजे यादबलाई शितलनिवास बोलाईएको जनाईएको छ । राष्ट्रपतिले आजै पूर्व सुरक्षा अधिकारीसँग पनि छलफल गर्न लाग्नु भएको बताइएको छ ।

हिजो बुधबार यसै बिषयमा उहाँले साना पाँच बामपन्थी दलसँग छलफल गर्नु भएको छ । राष्ट्रपतिसँग छलफल गर्न नेकपा क्रान्तिकारी माओवादी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमत, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेतालगायत शितल निवास जानु भएको थियो ।

छलफलमा नेताहरुले नागरिकता विधेयकका बारेमा राष्ट्रपतिले लिनु भएको कदम सही भए पनि संसदले त्यसको गम्भीरता नबुझेको बताएका थिए । उनीहरुले नागरिकता विधेयकका विषयमा संसद गैरजिम्मेवार भएको टिप्पणी गर्दै देशका लागि सुझबुझपूर्ण निर्णय गर्नुपर्ने बेला हतार हतारमा विधेयक पारित गर्नु दुःखद भएको बताएका थिए ।

राष्ट्रपति भण्डारीले हिजै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग पछि छलफल गर्नु भएको छ ।

यसअघि राष्ट्रपति भण्डारीले प्रमाणीकरणका लागि नागरिकता विधेयक संसदमा पुनर्विचारका लागि फिर्ता पठाउनुअघि पनि पूर्व सुरक्षा अधिकारीहरुलाई बोलाएर छलफल गर्नु भएको थियो ।

संसद्ले पुनः सो विधेयकलाई जस्ताको तस्तै पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइसकेको छ ।