६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा थप १५ हजार नयाँ सङ्क्रमित



अ+ अ-

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा १५ हजार १०२ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा कोरोनाकै कारणले २७८ जनाको मृत्यु भएको संघीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड २८ लाख ६७ हजार ३१ पुगेको मन्त्रालयको तथ्याङ्क छ ।मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ६४ हजार ५२२ रहेको छ ।  

पछिल्लो एक दिनमा ३१ हजार ३७७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कुल चार करोड २१ लाख ८९ हजार ८८७ जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म पाँच लाख १२ हजार ६२२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।