२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्धनको भुक्तानी युआन र रुबलमा गर्ने चीन र रसियाको घोषणा



अ+ अ-

चीन र रसियाबीच चिनिया युआन र रसियाली मुद्रा रुबलमा कारोबार गर्ने सहमति भएको छ । खासगरी रसियाबाट खरिद गरिने पेट्रोलियम पदार्थको भुक्तानी रुबल र युआनमा गर्ने सहमति भएको हो ।

यसअघि दुई मुलुकबीचको समग्र व्यापार कारोबार अमेरिकी डलरमा हुने गरेको थियो । रसियाली तेल बिक्रेता ग्याजप्रोमले दुई देशबीच रुबल, युआनमा कारोबार गर्न सहमति भएको जनाएको छ । तर कतिपय जानकारले दुई मुलुकबीच रुबल र युआनको संचिती पर्याप्त नरहेको अवस्थामा यो व्यवस्था त्यति फलदायी नहुने आशंका जनाएका छन् ।

रुबल र युआनमा कारोबार गर्ने गरी भएको सहमतिलाई दुई देशबीच बढ्दो समझदारी र मित्रताका रुपमा हेरिएको छ ।

रसियाले युक्रेनमा आक्रमण गरेयता पश्चिमा देशबाट रसिया विरुद्ध अनेक प्रतिबन्धहरु घोषणा गरिएका छन् जसबाट रसियाको अर्थतन्त्रमै संकट आउन लागेको अनुमान गरिएको छ । यस्तो अवस्थामा रसिया र चीनबीच भएको समझदारीलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

पश्चिमा मुलुकले रसियाको इन्धन खरिदमा प्रतिबन्धहरु घोषणा गरे पनि भारत, चीन, टर्की समेतका कतिपय मुलुकले रसियाको इन्धन खरिदलाई निरन्तरता दिएका छन् । एएफपी