२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको दोस्रो दिन आज बढ्यो सुनचाँदीको मुल्य, तोलामा कति ?



अ+ अ-

काठमाडौं । साताको पहिलो ओरालो लागेको सुनको मुल्य दोस्रो दिन आज उकालो लागेको छ । आइतबार तोलमा ३०० घटेको सुन आज तोलामा २०० बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा छापावाला सुनको मुल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ कारोबार भइरहेपनि सोमबार छापावाल सुन प्रति तोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।   

महासंघका अनुसार आइतबार ९० हजार ४०० रुपैयाँ रुपैयामा कारोबार भएको  तेजाबी सुन आज तोलामा २०० सय बढेको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ४०० रुपैयाँ कायम गरिएको छ ।  

यस्तै साताको पहिलो दिन आईतबार चाँदी प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भएको थियो भने आज प्रति तोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।