२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतका लागि ३ जना न्यायाधीशको नाम सिफारिस



अ+ अ-

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतका लागि ३ जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

हिजोबाट निरन्तर बसेको परिषद्को बैठकले तुल्सीपुर उच्च अदालतकी मुख्य न्यायाधीश नीता गौतम दिक्षीत,जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश विनोद शर्मा र त्रिभुवन विश्व विद्यालयका सहप्राध्यापक तथा नेपाल ल क्याम्पसका डिन डीएन पराजुलीलाई नियुक्तीको सिफारिस गरेकाे  हो ।

न्याय परिषद्को सिफारिसमा संसदीय सुुनुवाईले अनुमोदन गरी राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

डिएन पराजुली नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको कोटाबाट न्यायाधीश नियुक्त भएका परिषद्को स्रोतले जानकारी दियो ।

यसअघि ठूलो न्यायाधीशको जमातलाई ओभरटेक गरी निता गौतम दिक्षितलाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुख्य न्यायाधीश नियुक्त गरेका थिए । भने जबराले नै बिनोद शर्माको मुख्य न्यायाधीशको मुखैमा पुगेको गास खोसेर तिलप्रसाद श्रेष्ठलाई कनिष्टबाट मुख्य न्यायाधीश बनाएर अन्याय गरेका थिए । उनलाई यसले न्याय प्राप्त गरेको छ ।