१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलि बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसीबारे छलफल हुने, के-के छन् कार्यसूची ?



अ+ अ-

काठमाडौँ । फागुन १२ मा बस्ने प्रतिनिधिसभाको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई छलफलको विषय राखिएको छ । 

सम्भावित कार्यसूचीको पहिलो नम्बरमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्नेछन्।

त्यस्तै, दोस्रो नम्बरमा अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्न प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । 

पेचिलो बनेको एमसीसी यस गत आइतबारको बैठकमा टेबल गरिएको थियो ।